पोखरामा मुक्तक वाचनको १४७ औं श्रृंखला

पोखरा । “मुक्तकको उत्थान, हाम्रो अभियान” भन्ने नारा सहित विगत लामो समयदेखि मुक्तकको क्षेत्रमा क्रियाशील संस्था ‘मुक्तक मञ्च,पोखरा’ले हरेक महिनाको अन्तिम शनिवार संचालन गर्दै आएको नियमित मुक्तक वाचनको १४७ औं श्रृंखला सम्पन्न भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट जोगिनको लागि मुलुक लक डाउनमा रहेको अवस्थामा पनि प्रविधिको प्रयोग गर्दै अनलाइन मार्फत मुक्तक वाचन गरिएको थियो ।

जुम एपबाट भएको वाचन कार्यक्रमा विभिन्न जिल्लाहरुबाट श्रष्टाहरुले मुक्तक वाचन गरेका थिए । मुक्तक वाचन के .आर. ढकाल, हिरा अधीकारी, गीता तिवारी, निर्मल रमन पराजुली, डिबी. बर्तौला, सन्तोषी विष्ट, मुक्तिराम रेग्मी, प्रशन्ना चौलागाई, बद्री उप्रेती, नारायण सिलवाल, रामकुमार श्रेश्ठ ‘फुच्चे’, रुपिन्द्र प्रभाबी, भरत राज पौडेल, संकल्प ढकाल, बिनोद खत्री’ आकास’, निशा केसी, नम्रता उप्रेती लगायत तीन दर्जन भन्दा बढी मुक्तककारहरुले आफ्ना मुक्तकहरु भिडियो मार्फत स्वयम् श्रष्टाकै आवाजमा वाचन गर्नुभएको थियो ।

सहभागी धेरैले अहिलेको रोगको कहर तथा केही मुक्तककारले राष्ट्रियताका सवाल उठाएका थिए भने कतिले प्रेमील मुक्तकहरु वाचन गरेका थिए । ।कार्यक्रम मञ्चका अध्यक्ष रामजी प्रसाद आचार्यको अध्यक्षयतामा भएको कार्यक्रको संचालन मञ्चकी सचिब अनिता दाहालले सञ्चालन गर्नुभएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button