पोखराका ४ वटा वडामा ४ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । पोखरामा  आइतबार बिहान थप ४  जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले पोखराका ४ वटा वडाका  ३ महिला र १ पुरुषमा  कोरोना भाइरस देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार आइतबार बिहान दोस्रो चरणमा  पोखरा १ की ५० वर्षीया महिला, पोखरा ५ की ३७ वर्षीया महिला, पोखरा ६  का ४५ वर्षीय पुरुष र पोखरा २७ की २१ वर्षीया महिलामा  कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरु चारैजना फिवर क्लिनिकमा परीक्षणका लागि आएका व्यक्ति रहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३९ पुगेको छ । यस अघि बिहान पोखरामा अस्पतालका कर्मचारी र उपचाररत २ व्यक्तिसहित गण्डकीमा ३२ संक्रमित थपिएका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button