गण्डकी प्रदेशका ५ जिल्लामा २९ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा आइतबार बिहान थप २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान तेस्रो विज्ञप्ति जारी गर्दै  प्रदेशका विभिन्न  ५ जिल्लाका थप २९  जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

निर्देशनालयले गोरखाको गोरखा र भीमसेनथापा गरी २ पालिकाका  ४  महिला तथा ३  पुरुष,  स्याङजा गल्याङका २१ वर्षीय पुरुष , लमजुङ सुन्दरबजारका ८  पुरुष तथा २ महिला , तनहुँ ब्यास र म्याग्देका  ४ पुरुष तथा १ महिला  र नवलपुर बिनयत्रिबेणीका  ३ पुरुष तथा ३  महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले उल्लेख गरेको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ६८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button