आउन सक्छु कुनै बेला दिलको ढोका खोली राख्नु
अत्यास लाग्छ तिम्रो मलाई मधुर वचन बोली राख्नु
सागुरा ती गल्लीहरु हिड्न अलि गारो लाग्छ भने पनि
भोलिको त्त्यो सुख्ख सम्झी जोखिम पनि मोली राख्नु
सहयात्रा तिम्रो मेरो अघि बढोस् जुनि जुनि सम्म पनि
तिता मिठा होलान् कति विषमा अमृत घोली राख्नु
मायारुपी संसारमा ममता नै छर्न सक्छौं हामी सबैतिर
मिठो वाणी राम्रो ब्यवहार गर्न मायाको त्यो झोली राख्नु
गर्नु पर्ने धेरै काम छन् आजै गरौ सार्नु हुन्न भोलि भनी
हतार छु म तिम्रो हुन आफ्नै पार्न ठिक्क पारी डोली राख्नु
लक्ष्मी काफ्ले –पोखरा- १९ लामाचौंर