पोखरामा स्वास्थ्यकर्मी र विदेशबाट आएका सहित थप १७ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । पोखरामा सोमबार बिहान थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले कास्की को पोखरा महानगरका ६ वटा वडाका ४ महिला र १३ पुरुषमा कोरोना भाइरस देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार  पोखरा ४ का नेपाल प्रहरीमा कार्यरत २३, २४, २९, ३७ र ४५ वर्षीय पुरुष, पोखरा ७ का जापानबाट आएका ४४ वर्षीय पुरुष, पोखरा ८ की  महानगरमा कार्यरत २१ वर्षीया स्वास्थ्यकर्मी महिला, पोखरा १४ का  ६ वर्षीय बालक, २६ वर्षका पुरुष र ४६ वर्षीय भारतबाट आएका पुरुष तथा २५ , २८ र ३७ वर्षीया महिला, पोखरा १७ का नेपाल प्रहरीमा कार्यरत २४ र ३३ वर्षका पुरुष तथा भारतबाट आएका २७ वर्षीय पुरुष  र पोखरा ३३ का भारतबाट आएका २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी  विदेशबाट आएर क्वारेन्टिनमा बसेका बागलुङ बडीगाड १ का २२ वर्षीय पुरुष र ५ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button