बागलुङमा पहिरोले घर पुर्दा १ जना बेपत्ता, ५ घरमा क्षति

गलकोट । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा सोमबार बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् ।

घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता हुनुभएको हो । परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो ।

पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्याएको प्रहरीले बताएको छ । घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button