गण्डकीमा कोरोनाबाट थप १  जनाको मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशमा कोरोनाबाट थप १  जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले प्रदेशको नवलपुर जिल्ला मध्यबिन्दु १२ का ६० वर्षीय पुरुषको  कोरोनाबाट मृत्यु भएको  जनाएको हो ।

निर्देशनालयका अनुसार लुम्बिनी अस्पताल रुपन्देहीमा उपचाररत  पुरुषको २६ गते  दिउसो ४:३० बजे  मृत्यु भएको हो । मृतकमा निमोनिया र स्वासप्रस्वास सम्बन्धित समस्या रहेको  निर्देशनालयले उल्लेख गरेको  छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button