पोखराका ५० जनासहित सोमबार कास्कीमा ५४ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार कास्कीको पोखरा महानगरका ५० जनासहित कास्कीमा ५४ तथा गण्डकी प्रदेशमा थप ९३ जनामा कोरोना भाइरस देखिएको जनाएको छ ।

निर्देशनालयले पोखरा १ का ६ वर्षीय बालक तथा १२ र १५ वर्षीया बालिका , पोखरा ४ का नेपाल प्रहरीमा कार्यरत २३, २४, २९, ३७ र ४५ वर्षीय पुरुष, पोखरा ५ का २५ वर्षीय पुरुष, पोखरा ६ की ४० वर्षीया महिला , पोखरा ७ का २६, २८, ३३ र जापानबाट आएका ४४ वर्षीय पुरुष, पोखरा ८ का १७ वर्षीय पुरुष तथा २१, ५१ र महानगरमा कार्यरत २१ वर्षीया स्वास्थ्यकर्मी महिला, गण्डकी मेडिकल कलेजमा कार्यरत पोखरा ९ की २६ वर्षीया स्टाफ नर्स तथा ६० वर्षीय एक पुरुष, पोखरा १० का २३ र २५ वर्षका पुरुष तथा २६ र ६६ वर्षका महिला,पोखरा १३ का ११ वर्षीया बालक तथा १४ ,१५ , १६ वर्षीया बालिका तथा २९ वर्षीया महिला, पोखरा १४ का ६ वर्षीय बालक, २६ वर्षीय पुरुष, ३२ वर्षीय पुरुष र ४६ वर्षीय भारतबाट आएका पुरुष तथा २५ , २५, २८, ३७ र ५२ वर्षीया महिला, पोखरा १७ का नेपाल प्रहरीमा कार्यरत २४ र ३३ वर्षका पुरुष, भारतबाट आएका २७ वर्षीय पुरुष तथा अर्का ५३ वर्षीय पुरुष, पोखरा २५ का ८ वर्षीया बालिका र १८ वर्षीय पुरुष, पोखरा २६ का २१ वर्षीय पुरुष तथा ३२ , ३३, र ४२ वर्षीया महिला, पोखरा २७ का १२ वर्षीय बालक एवं पोखरा ३३ का भारतबाट आएका २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

त्यसैगरी कास्कीको रुपा गाउँपालिका २ का ४२ र ४८ वर्षका पुरुष तथा ५ का ४३ र ५२ वर्षका पुरुष, गण्डकी मेडिकल कलेजमा उपचाररत स्याङजा पुतलीबजारकी ८० वर्षीया महिला, भारतबाट आएका लमजुङ मध्यनेपालका २१ र २७ वर्षीय पुरुष तथा २६ वर्षीया महिला , तनहुँ शुक्लागण्डकीका २३, २४, ३४, ४० र ४७ वर्षका पुरुष, तथा १० वर्षीया बालिका, ब्यासका २८ वर्षीय पुरुष, ऋषिङका २, ३, ४, ५, ६ र ८ वडाका १९ देखि ५२ वर्ष उमेर समुहका ११ पुरुष गोरखाको गोरखा १३ का ५२ वर्षीय पुरुष तथा २९ वर्षीया महिला र पालुङटारका १५ वर्षीया बालिका तथा १३ देखि ५५ वर्ष उमेर समुहका ६ पुरुष, बागलुङ बडीगाड १ का २२ वर्षीय पुरुष र ५ का ६० वर्षीय पुरुष एवं नवलपुर गैँडाकोटका ३६ वर्षीय पुरुष तथा देवचुलीका ३२ र ३७ वर्षीय पुरुष एवं २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले प्रदेशको नवलपुर जिल्ला मध्यबिन्दु १२ का ६० वर्षीय पुरुष र गैँडाकोट ९ की ६२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको हो । निर्देशनालयका अनुसार लुम्बिनी अस्पताल रुपन्देहीमा उपचाररत पुरुषको २६ गते दिउसो ४:३० बजे मृत्यु भएको हो । मृतक पुरुषमा निमोनिया र स्वासप्रस्वास सम्बन्धित समस्या रहेको निर्देशनालयले उल्लेख गरेको छ । त्यसैगरी चितवन मेडिकल कलेज चितवन मा उपचाररत महिलाको भदौ २८ गते मृत्यु भएको निर्देशनालयले जनाएको छ ।निर्देशनालयका अनुसार महिलामा निमोनिया, मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

निर्देशनालयले गण्डकी प्रदेशमा २ मृतक समेत गरेर कोरोना संक्रमितको संख्या ३ हजार ६४ पुगेको  जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button