सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पौडेल सम्मानित

पोखरा । सहारा खेलकूद पत्रकारिता पुरस्कार–२०७६ बाट कान्तिपुर टेलिभिजनका सम्वाददाता तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिब इन्द्र पौडेल सम्मानित भएका छन ।

सहारा क्लब पोखराको २२औं वार्षिकोत्सवका अवसरमा उक्त पुरस्कार पत्रकार पौडेललाई प्रदान गरिएको हो । नगद २० हजार ५ सय रुपैयाँ, ताम्रपत्र तथा दोसल्लाद्वारा उनलाई गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सम्मान गर्नु भएको छ ।

क्लबले प्रत्येक वर्ष पत्रकारिताको माध्यमबाट खेलकूदको विकासमा योगदान पु¥याउने र विशेषगरी खेलकूद बिटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । क्लवले आफ्नो स्थापना दिवशको अवसरमा विगत १५ वर्ष देखि यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । क्लबका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई छनोट गरेको हो । यसअघि सो पुरस्कारबाट पोखराका १४ जना क्रियाशील पत्रकार एवं सञ्चारकर्मी पुरस्कृत भइसकेका छन् ।

सोही अवसरमा मन्त्री गुरुङले क्लवका सदस्य प्रकाश राना मगरलाई क्लवको उत्कृष्ट सदस्यको रुपमा सम्मानित गर्नु भएको छ । रानाले क्लवका लागि उत्कृष्ट योगदान दिएकोले सम्मान गरेको हो । क्लवले सो अवसरमा वार्षिक वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सहारा क्लब पोखरा खेलकुदको पर्याय शब्द रहेको बताउनु भयो । उहाँले भन्नुभयो–“यहाँको खेलकुद विकासका लागि सहारा उदाहरण मात्रै होइन खेलकुदको पर्याय बनेकोले सहाराको योगदान महत्वपुर्ण छ ।” गण्डकी प्रदेश सरकारले खेलकुद पुर्वाधार निर्माणका लागि वजेट विनियोजन गरे पनि कोभिड १९ को प्रभावका कारण सँगै खेलकुद विधेयक आउन ढिलाई भएकोले केही समस्या रहेको उहाँको भनाई छ ।

मन्त्री गुरुङले गण्डकी प्रदेशको खेल विकासको लागी सरकारी निकायसँग सवै खेलकर्मी बसेर छलफल गर्दै अघि जानुपर्ने कुरामा समेत जोड दिँदै गण्डकी प्रदेशको खेलकुद पर्यटन सँग गाँसिएकोले त्यसतर्फ सबैको ध्यान जानुपर्ने कुरा उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा वोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले सहाराले यस क्षेत्रमा खेलकुद र सामाजिक अभियान मार्फत पुर्याएको योगदान प्रशंसनिय रहेको बताउनुभयो । उनले सहारा फुटबलको प्राययः रहेकोले पनि अव राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्र्न र आफ्नो योजनालाई त्यही रुपमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“यदि सहाराले आफ्ना योजनाहरुलाई अघि वढाउँछ भने परिषद सहयोगका लागि सँधै सँगै हातेमालो गर्दै अघि बढ्नेछ ।”

त्यस्तै क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले सरकारले खेल क्षेत्रमा लगानी गर्न नसकेको बताउनुभयो । सोही अवसरमा सहारा एकेडेमीलाई लायन्स क्लब अफ पोखरा लेकसाइडले दस हजार रुपैयाँ सहयोग समेत गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, सम्मानित पत्रकार इन्द्र पौडेल, क्लबका अध्यक्ष केशव बहादुर थापा लगायतले आफ्नो भनाइ राखेका थिए ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button