गोरखाकी एक महिलाको कोरोनाका कारण मृत्यु

पोखरा न्यूज । गोरखाकी एक महिलाको कोरोनाका कारण मृत्यु  भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले गोरखा बारपाक सुलिकोट-८ की  ६३ बर्षीय कोरोना संक्रमित महिलाको भदै २९ गते काठमाण्डौ स्थित श्री बिरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृयु भएको जानकारी दिएको हो  ।

क्यान्सर रोगी समेत रहेकी महिलामा  भाद्र २५ गते कोरोना पुष्टि भएको थियो । यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button