कोरोना सङ्क्रमणबाट थप १ महिलाको मृत्यु

पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्युहुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीया महिला रहेके बताइएको छ ।

उच्च ज्वरो, कडा निमुनिया र स्वासप्रस्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते सोमबार अस्पताल ल्याएका अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहले जनाकारी दिनुभयो ।

सोही दिन ती महिलाकोे पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ । कडा निमोनिया र स्वासप्रस्वास समस्या कारण महिलाको मृत्यु भएको डा सिंहले जानकारी दिनुभयो । शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button