सभामुख र पाकिस्तानी राजदूत शिष्टाचार भेट

पोखरा न्यूज । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेदले संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गर्नुभएको छ ।

आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्किन लाग्नुभएका जाबेदले सभामुखको कार्यकक्षमै गएर सभामुख सापकोटासँग शिष्टाचार भेट गर्नुभएको हो । भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगका विषयमा कुराकानी भएको थियो ।

भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । राजदूत जावेदले दुई देशको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै नेपालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

दुई देशबीचका संसदको सहकार्य बढाउँदै संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनुपर्ने उहाँले बताउनुभयो । राजदूत जावेदले गृहमन्त्री रामबहादुर थापा बादल, राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका व्यक्तित्वसँग पनि विदाई भेट गर्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button