आफ्नै स्क्रिप्टमा काम गर्ने योजना छ: किसान

पोखरा । अभिनेता किसान सुनारले करिब ६ वर्ष अगाडि आगो–२ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्नुभएको हो । उहाँले कैफियत, परिणाम, रुपचन्द्र विस्टको वायो पीक रुदाने हुँदै झमक कुमारी घिमिरेको बहुचर्चित मदन पुरस्कार विजेता पुस्तक जीवन काँडा कि फूलको वायोपिकमा अभिनय गर्नुभयो । आजको दिनसम्म आइपुग्दा दर्शकले दिनुभएको सर्पोटबाट आफु सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ । उहाँले आफ्नो अभिनयमा निखारता प्रदान गर्न प्रशिक्षण लिनुभएको छ । दुई वर्षसम्म वरिष्ठ नाट्यकर्मी सुनील पोखरेलसँग लिएको अभिनय प्रशिक्षणका कारण अगाडि बढ्न सहज बनाएको छ ।

गत वर्ष भने स्वास्थ्यका कारण उहाँले ६, ७ महिना काम गर्न पाउनुभएन । ढाडको अप्रेंशन गर्न परेंको हुँदा काम गर्न तयार भएका केही प्रोजेक्टबाट उहाँले हात झिक्नुप¥यो । उहाँको अबको योजना आफ्नै  स्क्रिप्टमा काम गर्ने रहेको छ । ‘अब आफ्नै स्क्रिप्टमा काम गर्ने योजना छ, स्टोरी र स्क्रिप्ट तयार छ, लगानीकर्ता समेत तयार हुनुहुन्छ’ उहाँले भन्नुभयो ।

नयाँ वर्षदेखि काम गर्ने उहाँको लक्ष्य हो । त्यतिबेलासम्म अहिलेको परिस्थिति हटेर सुनौला दिन आउने उहाँको अपेक्षा छ । अहिलेको अवस्थाले नेपाली चलचित्र क्षेत्रमा ठूलो असर परेको उहाँ बताउनुहुन्छ । चलचित्रको व्यापार हुन भिडभाड चाहिन्छ भिडभाडले नै चलचित्रलाई सफल वा असफल बनाउँछ । कोरोनाका कारण सिर्जित अवस्थाले चलचित्रको व्यवसाय धरासायी बनेको छ । प्रर्दशनको तयारीमा रहेका चलचित्र ल्याब र स्टुडियोमा थन्किएका छन् । कलिउडको मात्र नभएर हलिउड र बलिउडको अवस्था समेत यस्तै हो । कहिले पूरानै अबस्थामा फर्कियला भन्न सक्ने अवस्था छैन ।

बलिउड र हलिउडको जस्तो प्रविधिको सुविधा नेपाली चलचित्रत्रमा पूर्ण रुपमा नभएकोले सहज हुन समय लाग्न सक्छ । अब थन्किएका चलचित्रलाई युट्युब वा टिभि च्यानलबाट रिलिज गरे दर्शकको ध्यान तान्न सकिन्छ । ‘प्रर्दशनको तयारीमा रहेका चलचित्र ल्याब र स्टुडियोमा थन्किएका छन्, अब प्रर्दशनको लागि विकल्प खोज्नुपर्छ’ अभिनेता किशानको भनाई छ ।

हुनपनि यतिबेला धेरै दर्शक घरमानै बसेको अवस्था छ । यसरी घरमा रहँदा चलचित्र रिलिज गरियो भने चलचित्र अनि यसका कलाकार प्रति अपडेट हुन पाउने उहाँको बुझाई हो । यदि त्यसो गर्न नसकिए कोरोनाको महामारी सामान्य अवस्थामा आउन समय लाग्छ । जसका कारण दर्शक र चलचित्रकर्मी तथा चलचित्रबीच दुरी बढ्न सक्छ । यो बाँच र बचाउको समय भएकोले यसमा ख्याल भने गर्नुपर्ने उहाँको सुझाव छ ।

कोरोना कहर अगाडि उहाँको दैनिकी बेग्लै थियो । उहाँ चैत्र ११ अगाडि दैनिक २ घण्टा जिम जाने गर्नुहुन्थ्यो । चलचित्र क्षेत्रको अलावा जीवन बीमा कम्पनीमा मार्केटिंगको काममा उहाँ व्यस्त हुनुहुन्थ्यो । जब चैत्र ११ बाट लकडाउन सुरु भयो । त्यसपछि उहाँको दैनिकीमा परिवर्तन भयो । लकडाउनका सुरुवातका दिन उहाँले पुख्र्यौली गाउँ पर्वत फलेवासमा बिताउनुभयो । चाडपर्वको बेलामा मात्र गाँउ जाने गर्नुभएका उहाँले यसपाली लगातार ३ महिनासम्म गाउँमै बिताउनुभयो । गाउँमा बस्दा घरायसी काममा उहाँ व्यस्त बन्नुभयो । धान रोपाई देखि, फलफूल तरकारी रोप्ने काम उहाँले गर्नुभयो ।

उहाँको पुख्यौली थलो पर्वत जिल्लाको फलेवास नगरपालिका पाङराङ हो  । लकडाउन केही खुकुलो भएपछि उहाँ पोखरा फर्कनुभयो । हाल पोखरामा बस्नुहुन्छ । तर सहज वातावरण नभएकोले पुरानै अवस्थामा दैनिकी फर्कन अझै सकेको छैन । दिनरात ज्याला मजदुर गरेर खाने वर्गलाई यतिबेला निकै समस्या परेको उहाँको बुझाई छ । सरकारले अप्ठ्यारोमा परेका सर्वसाधरणलाई सहयोग गर्ने खालका कार्यक्रम ल्याउन नसकेको उहाँ गुनासो गर्नुहुन्छ । ‘अहिलेको अबस्थामा नागरिक आफै सजक र सुरक्षित हुनुपर्ने अवस्था छ । बिना काम घर बाहिर ननिस्कने निस्कनै परे भिड़भाड़मा नजाने सरकारले ल्याएका मापदण्डको पालना गर्ने गर्नुपर्छ’ उहाँले भन्नुभयो । चलचित्रका अलावा रंगमञ्च, म्युजिक भिडियो र टेलिचलचित्रमा समेत उहाँले काम गर्न भ्याउनुभएको छ । निरन्तर आफ्नो कलाको माध्यमबाट दर्शकमाझ पुगिरहने किसानको वाचा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button