गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले खेलाडीको कोरोना बीमा गरिदिने

पोखरा । गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले खेलाडीको कोरोना बीमा गरिदिने भएको छ ।

संघले एक विज्ञप्ती मार्फत उक्त कुराको जानकारी दिंदै राष्ट्रको खेलकुदमा समाहित खेलाडी परिवारलाई कोरोना महामारीको जोखिम अवस्थामा राहत पुगोस भन्ने उद्देश्यले बीमा गर्न लागिएको जनाएको हो ।

विश्व सँगै नेपालमा समेत कोरोना महामारीको रुपमा वढ्दै गइरहेको अवस्थामा खेलकुद समेत नराम्रो सँग प्रभावित भएको बताउँदै संस्थाका अध्यक्ष हिमाल गुरुङले नेपालमा सम्पन्न् १३ औ दक्षिण एसियाली खेलकुदमा स्वर्ण, रजत र काश्य पदक प्राप्त गर्ने नेपाली खेलाडी र सो खेलसंग सम्बन्धित सम्पुर्ण प्रशिक्षकहरुको साथै गत वर्ष  सम्पन्न ८ औं राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र काश्य पदक बिजेता सम्पूर्ण खेलाडीहरुको कोरोना बीमा गर्ने जनाउनु भएको छ ।

कोरोेना विमाका लागी आवश्यक समन्वय गरि दिन नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद र सम्बन्धित खेलका राष्ट्रिय संघहरुलाई अनुरोध गर्दै सम्बन्धित प्रशिक्षक र खेलाडीहरुले आ–आफनो खेल र प्राप्त पदकको बिवरण सहित नागरिकताको प्रतिलिपि यथा सिघ्र उपलव्ध गराउन अध्यक्ष गुरुङले आग्रह गर्नु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button