कतारबाट फर्किए मंगलवार १५० नेपाली

तिलु शर्मा पौडेल /दोहा कतार । नेपाल एयरलाइन्सले कतारको राजधानी दोहाबाट ३८ औँ सहजीकरण उडान गरेको छ ।

उक्त उडान मार्फत १ बच्चा, १२ महिला सहित १५० जना नेपाल फर्किएका छन् भने एउटा शव पठाइएको जानकारी नेपाली दूतावासका तर्फबाट प्रोटोकल डियुटीमा खटिएका दित्तीय सचिव भुवनप्रसाद भट्टले दिनुभएको छ ।

यात्रीहरूलाई बिदाइ गर्न भट्टका अलावा प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल, नेपाली नियोगबाट डियुटीमा खटिएका पदाधिकारीहरू लगायतका व्यक्तिहरू एयरपोर्ट पुगेका थिए। यसअघि ३६औ उडानबाट १४२ र ३७ औं उडानबाट १५३ जना नेपाली स्वदेश फर्की सकेका छन् ।

कतारबाट नेपाल एयरलाइन्सले सेप्टेम्बर २२, २४ र २५ तारिकमा थप उडान गर्ने भएको छ । लकडाउन यता सहजीकरण उडान मार्फत कतारबाट कुल ७ हजार ०६४ जनासहित ७० वटा शव नेपाल पुगिसकेका छन् ।कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरूले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए पश्चात् र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप दोहाबाट निरन्तर चार्टर विमान मार्फत सहजीकरण उडान भई रहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button