वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारका बालबालिकालाई छात्रवृत्ति

पोखरा । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका परिवारका बालबालिकालाई छात्रवृति प्रदान गरेको छ । इकाइले श्रम स्वीकृत लिएर रोजगारमा गएका कास्कीका ३६ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष बैनबहादुर अधिकारी (क्षत्री) ले बैदेशिक रोजगारीमा गई ज्यान गुमाएका परिवारका बालबालिकालाई छात्रवृत्ति वितरण गर्नुभएको हो । इकाइका प्रमुख नारायण सुबेदीले रकम वितरण प्रक्रियामा विभिन्न कारणले केही ढिलाइ भएको स्वीकार्नुभयो । सो अवसरमा माया गुरुङ, सहभागी अभिभावक सरस्वती वास्तोला आफ्ना भनाई राखेका थिए ।

कक्षा १ देखि ८ सम्मको लागि वार्षिक ८ हजार र ९ देखि १२ सम्मका लागी १२ हजार रकम छात्रवृत्ति दिने निर्णय गरेको छ । छात्रवृत्ति कार्यक्रममा ८ हजार पाउने २४ जना र १२ हजार पाउने १२ जना गरुी कास्कीका ३६ जना छात्रछात्रलार्इ छात्रवृत्ति प्रदान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button