कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु, १४५९ जनामा संक्रमण

पोखरा न्यूज । नेपालमा कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ भने १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा एक महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ८६ वर्षीया महिला तथा ३४, ९६ र ६६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सिराहामा ३५ वर्षीया, बारामा ५५ वर्षीया र रुपन्देहीमा ६४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

यसैगरी सर्लाहीमा ६४ वर्षीय, बारामा ५५ वर्षीय, मकवानपुरमा ६१ वर्षीय र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ । आज थप १ हजार ६२ जना डिस्चार्ज भएका छन । आजसम्म डिस्चार्ज हुनेको संख्या देशभररि ४० हजार ६ सय ३८ रहेको छ । आज देशभरि १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । आज गरिएको १० हजार ३ सय ७५ पीसीआर परीक्षणमा महिला ४ सय ४६ र पुरुष १ हजार १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

आजसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७ सय ८० जनाको कोरोना परीक्षण भएकोमा ५६ हजार ७ सय ८८ जनामा संक्रमण देखिएको छ । आज देशभरि सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ जना रहेको छ । जसमा होम आइसोलेसनमा ७ हजार ६ सय ४० र संस्थागतमा ८ हजार १ सय ३९ जना उपचाररत रहेका छन । यस्तै आइसियुमा १ सय ७४ र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन ।क्वारेन्टिनमा ७ हजार २ सय ५० जना रहेका छन

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button