पोखरामा १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक पक्राउ

पोखरा न्यूज । पोखरामा  बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दश वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा  पोखरा – ०७ प्रगतिटोल बस्ने  ५२ वर्षीय  टिका बहादुर दमै पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

बालिकाको घरमा कोही नभएको अवस्थामा करणीको आशय राखी १० बर्षे बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा टिका बहादुर पक्राउ परेको कास्की प्रहरी प्रवक्ता सुबास हमालले जानकारी दिनुभयो ।

प्रतिवादी बिरुद्ध बाल यौन दुर्व्यवहार कसुर अन्तरगत अदालतबाट  ८ दिन  म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button