खतिवडा मन्त्रीसरहको सुविधासहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

पोखरा न्यूज ।  मन्त्रिपरिषद बैठकले डा. युवराज खतिवडालाई  मन्त्रीसरहको सुविधासहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि अर्थमन्त्री बन्नुभएका खतिवडाले कार्यकाल सकिएपछि भदौ १९ गते राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिएको १० दिनमै मन्त्रीसरहको नयाँ नियुक्ति पाउनुभएको हो ।

यस्तै रु १ र रु २ का नयाँ शिक्का टकमरी गरी प्रचलनमा ल्याउन सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । नयाँ शिक्कामा नेपालमा अद्यावधिक नक्सा समावेश हुने परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।

यस्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि नयाँ भर्ना लिन पनि सरकारले स्वीकृति दिएको छ । यस्तै एसियाली विकास बैंकले दिने १८ अर्ब सहुलियत ऋण लिनका लागि वर्ता गर्न टोली पनि गठन गर्ने निर्णय सरकारले गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button