पोखराका थप २८ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकीमा ५० थपिए

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार  कास्कीको पोखरा महानगरका २९  जनासहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना भाइरस देखिएको जनाएको छ ।

निर्देशनालयले पोखराको पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत २५  वर्षीया महिला कर्मचारी, पोखरा महानगरपालिका-४ का नेपाल प्रहरीमा कार्यरत २३ देखि ४० वर्ष उमेर समुहका  ८ जना पुरुष,  भारतबाट आएर क्वारेन्टिनमा बसेका  वडा  नं १५ का ४० वर्षका २  पुरुषहरु, वडा नं २७ का २८ वर्षीय पुरुष तथा वडा नं ६ का २१ वर्षीय पुरुष र  ईलामबाट आई क्वारेन्टिनमा बसेका रुपा-१ का २७ वर्षीय  पुरुषमा  कोरोना पुष्टि भएको जनाएको हो ।

त्यसैगरी पोखरा १ की २५ वर्षीया महिला, पोखरा ५ का २२ वर्षीय पुरुष  , पोखरा ८ का ४१ र ४२ वर्षका पुरुष तथा ४० वर्षीया महिला , पोखरा ९ का ४४ वर्षीय पुरुष, पोखरा १० का ९ वर्षीय बालक तथा १८ वर्षीया महिला , पोखरा ११ का २४ वर्षीय पुरुष तथा १० वर्षीया बालिकासहित १६, २९ र ५७ वर्षीया महिला एवं पोखरा २७ का २३ , ३३ र ३४ वर्षका कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ  ।

निर्देशनालयले भारतबाट आएर क्वारेन्टिनमा बसेका तनहुँ घिरिंगका २३ , २६ र २७ वर्षीय पुरुष , तनहुँको व्यासका थप २१ र २८ वर्षीय पुरुष, बाग्लुङ गल्कोट ३ र बाग्लुङ १ का ३७ र ४६ वर्षीय भारतबाट आएर क्वारेन्टिनमा बसेका पुरुष, तथा बाग्लुङ बडीगाड का ६ वर्षीय बालक एवं गोरखाको गोरखा, वारपाक, सहिदलखन र भीमसेन पालिकाका १८ देखि ३८ वर्ष उमेर समुहका  १२ पुरुष र एक २१ वर्षीया  महिलामा पनि  कोरोना पुष्टि भएको  जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६६  पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button