स्वयंसेविकालाई स्वास्थ्य सामग्री प्रदान

पोखरा । कोरोना महामारीको बेला सुरक्षित रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले पोखरा १९ का स्वयंसेविकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ

लामाचौर स्वास्थ्य चौकी घार्मीमा आयोजित कार्यक्रममा वडा अध्यक्ष शोभामोहन पौडेल, स्वास्थ्य चौकीका प्रमुख श्याम सुन्दर आचार्य, वडा सचिव श्रीराम पौडेलले वडाका २२ जना स्वयंसेविकालाई डिजिटल, विपी चेक मेसिन ९ थान थर्मामिटर २२ थान लगायत का स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष पौडेलले जनतालाई घर-घरमा पुगेर सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

उहाँले यो महामारीको बेला थप सुरक्षितभई सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरे ।सामाग्री पाएपछि स्वास्थ्य स्वयंसेविका वडाका प्रत्येक टोल र घरदैलोमा पुगी सेवाप्रदान गर्ने बताइएको छ

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button