पोखरामा पत्रकार र प्रहरी गरी थप ३ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार  कास्कीको पोखरा महानगरका ३  जनासहित गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरस देखिएको जनाएको छ ।

निर्देशनालयले पोखरा ६ का २७ र ३१ वर्षीय पर्यटक प्रहरी  तथा पोखरा ४ का ३८ वर्षीय पत्रकारमा कोरोना पुष्टि भएको जनाएको हो ।

त्यसैगरी पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तनहुँ शुक्लागण्डकी १० का २८ वर्षीय पुरुष तथा ह्याम्स अस्पताल काठमाण्डौमा उपचाररत नवलपुर कावासोती १ का ३८ वर्षीय पुरुषमा पनि कोरोना देखिएको निर्देशनलयले जानकारी दिएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button