युवराज पुर्जाको सांगीतिक यात्रा सुरु

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोटका युवराज पुर्जाले सांगीतिक यात्रा सुरु गर्नुभएको छ । सानैदेखि गीतसंगीतमा रुचि राख्ने भएपनि कार्य व्यस्तताका कारण उहाँले औपचारिक रुपमा सांगीतिक क्षेत्रमा अगाडि बढ्न सक्नु भएको थिएन ।

उहाँ कन्स्ट्रक्सन सम्बन्धी व्यवसायमा आवद्ध हुनुहुन्छ । कोरोना महामारीका कारण उहाँको व्यवसायमा समेत असर प¥यो । व्यवसायिक कार्य अगाडि बढाउन नसकेर त्यतिकै खेर गइरहेको समयको सदुपयोग गर्दै उहाँ सांगीतिक क्षेत्रमा औपचारिक यात्रा सुरु गर्नुभएको छ । उहाँको डेब्यु गीत ‘बादललाई हेरेर’ रिलिज हुँदैछ । असोज २ गते शुक्रबार रिलिज हुने गीत मार्फत दर्शक श्रोताको माया पाउनेमा उहाँ आशावादी हुनुहुन्छ । यो गीतमा आवाज सँगै रचना समेत पुर्जाले नै गर्नु भएको हो । यो मायाप्रेमसँग सम्बन्धीत गीत हो ।

पोखरामा सुरु भएको सांगीतिक श्रृङ्खला बिएस.रिदम ब्लाष्ट मार्फत गीत सार्वजनिक गर्ने पुर्जाको तयारी छ । बि.एस. ईन्टरटेण्टमेन्ट पोखराले संचालन गरेको सांगीतिक श्रृङ्खला मार्फत पोखरामा रहेका स्थापित एवं नयाँ ब्यान्ड तथा गायकहरुका गीत सार्वजनिक हुँदैछन् । पहिलो श्रृङ्खलामा द ड्रिमर्ज व्याण्डको पहिलो गीत ‘नडराउ’ सार्वजनिक गरिएको थियो

नयाँ पुस्ताका श्रोता तथा दर्शकको सांगीतिक तृष्णा मेटाई नयाँ प्रतिभाहरुलाई अवसर प्रदान गर्न कार्यक्रम आयोजना गरिएको बिएस ईन्टरटेण्टमेन्ट पोखराका संचालक सन्जु सुनारले बताउनुभयो ।रिदम ब्लाष्ट पहिलो सिजन १७ श्रृङ्खलासम्मको रहेको अर्का सञ्चालक विष्णु गुरुङले जानकारी दिनुभयो । प्रत्येक शुक्रवार श्रृङ्खलाबद्ध रुपले गीतहरु सार्वजनिक गरिने उहाँको भनाई छ ।

गायक पुर्जाले पहिलो गीत मार्फत दर्शक श्रोताको माया पाउने अपेक्षा गर्नु भएको छ । ‘सांगीतिक क्षेत्रमा निरन्तर अगाडि बढ्ने लक्ष्यका साथ गीत सार्वजनिक गर्न लागेको हुँ, आशा छ श्रोता दर्शकको माया पाउनेछु’ उहाँले भन्नुभयो । पुर्जाको अर्को गीत ‘जुन बाजे’ समेत तयार भएको छ । यो गीत असोज १७ गते सार्वजनिक गर्ने उहाँले बताउनुभयो । अहिले सोलो गायकको रुपमा अगाडि बढेपनि निकट भविष्यमा व्यान्ड सहित सांगीतिक यात्रा अगाडि बढाउने उहाँको तयारी छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button