जङ्गली हात्तीले मच्चायो आङ्तक

टीकापुर । कैलालीको टीकापुर नगरपालिका-८ श्रीलङ्कामा जङ्गली हात्तीले स्थानीयवासीलाई आतङ्कित बनाएको छ ।

जङ्गली हात्तीले श्रीलङ्कामा घर भित्र्याउने तयारीमा रहेको धानबाली र उखुखेतीमा क्षति पु¥याएको छ । श्रीलङ्काका नागरिक नदी कटानसँगै जङ्गली हात्तीबाट समेत पीडित बनेका छन् । त्यहाँका नागरिक वर्षेनी बालीनाली उब्जनी हुने बेलामा हात्तीको आतङ्क सहन बाध्य छन् ।

केही दिनअघि आएको हात्तीको बथानले स्थानीयवासीको दर्जनौँ बिघामा लगाइएको धानखेती र दुई घर भत्काएको रुपा बोहराले बताउनुभयो । “हात्तीको बथानै आउने गरेको छ”, बोहराले भन्नुभयो, “रातिको समयमा आगो बालेर, बाजा बजाएर हात्ती भगाउने गरेका छौँ, हात्ती भगाउन रातभर जाग्राम बस्ने गरिएको छ ।”

बस्तीमा धान पाक्ने सयममा दैनिक जङ्गली हात्ती आउन थालेका स्थानीयवासी तिलक बोहराले बताउनुभयो । “यो आजको समस्या होइन, हरेक वर्ष हामी हात्तीबाट पीडित बन्दै आएका छौँ, हात्तीले वर्षेनी दुई÷चार घर भत्काउने र दर्जनौँ बिघा खेती खाइदिने गरेका छन्”, तिलकले भन्नुभयो, “यहाँ खेती राम्रो हुन्छ तर जोगाउनै मुस्किल हुन थालेको छ, एकातिर नदी कटान तीव्र छ, अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको छ ।”

विसं २०४० अघि श्रीलङ्कामा ५०० परिवारको बसोबास थियो । नदी कटान र हात्तीले सताउने भएपछि धेरै परिवारले त्यो ठाउँ छाडे । श्रीलङ्कामा अहिले करिब ५० परिवारको बसोबास छ । त्यहाँ दुई हजार बिघा क्षेत्रफलमा धानखेती र करिब ५० बिघामा उखुखेती हुने गरेको छ । कर्णाली नदी कटानले गर्दा उर्वर खेतीयोग्य जमिन मासिँदै गएको छ । नदी कटानले बचेको जमिनमा अन्नबालीको फसल राम्रो फल्छ । धान घर भित्र्याउने समयमा सहजै भारतीय दुधुवा नेशनल पार्कबाट हात्तीको बथान आएर क्षति पु¥याइरहेको बोहराले बताउनुभयो ।

हात्तीले आतङ्कित भएका स्थानीय हात्ती नियन्त्रण तथा धपाउनका लागि समुदायस्तरमा विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गर्दछन् । हात्ती आएर घर भत्काउने र अन्नपात नष्ट गर्ने भएकाले रातभर जागाराम बस्ने गरेको स्थानीयवासी नयाँराम बुढाले बताउनुभयो । यहाँका बासिन्दा दीर्घकालीन समाधानका लागि करेन्टसहितको तारबार लगाइदिनुपर्ने माग गर्न थालेका छन् । उनीहरुले हात्ती भगाउन उच्च टहरा भए सहज हुने भएकाले हटरा निर्माण गरिदिन स्थानीय तहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

श्रीलङ्कामा नदी कटानले करिब ५०० बिघाको टापु बनेको छ । यहाँ वर्षेनी कर्णाली नदीले दर्जनौँ बिघा जमिन कटान गर्ने गरेको छ । टीकापुर– ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला विपद्को जोखिममा रहेको वडा भएकाले यहाँका नागरिकका समस्या समाधानका लागि नगरपालिका गम्भीर भएको बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button