कतारबाट बुधबार १४६ जना कामदार नेपाल फर्के

तिलु शर्मा पौडेल/दोहा कतार । कोरोना संक्रमणकै कारण तत्कालै नेपाल फर्कनु पर्ने नेपालीको लागि सहजीकरण उडान भएका छन् ।

प्रवासमा असहज परिस्थिति रहेको तत्काल नेपाल फर्कनै पर्नेलाई उद्धार गर्ने नेपाल सरकारको निर्णय बमोजिम सहजीकरण उडान शुरु भएका हुन । आज दोहाबाट नेपाल एयरलाईन्सले ३९ औँ सहजीकरण उडान गरेको छ ।

उक्त उडान मार्फत १४६ जना नेपाली उडेको राजदूतावासबाट प्रोटोकल डियुटिमा खटिएकी दित्तीय सचिव रिचा भट्टराईले जानकारी दिनुभएको हो । १५६ जना उड्ने तालिका रहेपनि १० जना किन विमानस्थल पुगेनन् भन्ने कुरा खुल्न सकेको छैन ।

उक्त फ्लाइटमा ६ महिनाबाट बेरोजगार बनेका एक स्थानीय कम्पनीमा कार्यरत ९० जना नेपाली एकै पटक उडेका छन् । उक्त कम्पनीले नेपाल फिर्तीको लागी टिकट मात्र उपलब्ध गराएको तर आफूहरूले पाउनु पर्ने सेवा बापतको रकम नपाएको गुनासो एयरपोर्टमा भेटिएका कामदारले गरेका छन् ।

यात्रीहरूलाई बिदाइ गर्न भट्टराईका अलावा प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल, नेपाली नियोगबाट डियुटीमा खटिएका पदाधिकारीहरू लगायतका व्यक्तिहरू एयरपोर्ट पुगेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button