पहिरो पीडितलाई प्रदेश सरकारको सहयोग

बलेवा । बागलुङको जैमिनी नगरपालिकामा भदौ २८ र २९ गतेको पहिरामा परी ज्यान गुमाएकाका परिवारलाई गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले आज पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत प्रदान गर्नुभएको हो । पहिरामा परी ज्यान गुमाएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका लक्ष्मी पौडेल र हरिकृष्ण पौडेल तथा वडा नं ५ बिनामारेकी जालपादेवी पौडेलको परिवारलाई प्रतिपरिवार रु ५० हजारका दरले प्रदेश सरकारले राहत उपलब्ध गराएको हो ।

राहत प्रदान गर्दै मन्त्री चुमानले विपत्को सामना गर्न सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । स्थानीय सरकार र सङ्घ सरकारसँगको समन्वयमा विस्थापितको पुनर्वासका लागि पहल गरिने भन्दै उहाँले तत्कालको व्यवस्थापनका लागि स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

प्रदेश सरकार पीडितका साथमा रहेकाले शोकलाई शक्तिमा बदल्न उहाँको आग्रह थियो । जैमिनीमा दुई दिनसम्म निरन्तर परेको वर्षापछि आएको पहिराका कारण आठ घर पुरिएका छन् । पहिराको जोखिमका कारण दर्जनभन्दा बढी परिवार आफ्नो घर छाडेर छिमेकमा बसेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button