पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य ६३ प्रतिशत सम्पन्न

पोखरा न्यूज । निर्माणाधिन पोखरा  क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य ६३ प्रतिशत सम्पन्न भएको छ ।

सन २०२१ को जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम शुरु भएको विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, केबुल र लाइटिङका लगायतका कामहरु सम्पन्न भएको विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले बताउनुभयो ।

मुनाकर्मीले  विमानस्थलमा माटो कटान र फिलिङ गर्नेकाम ९८ प्रतिशत सकिएको तथा  गाडी गुड्ने रोड, एक्सेसस रोड र ट्रमिनल बिल्डिङको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो  । उहाँले  कार पार्किङको कामपनि सकिएको र बिल्डिङको हकमा १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिइसकेको बताउनुभयो ।

विमानस्थलको निर्माणकार्य निर्धारित समयभन्दा ६ महिना अघि नै सम्पन्न गर्ने लक्ष्य भएपनि कोरोना महामारी र लक डाउनका कारण  चिनियाँ कामदार उतै रोकिएकाले धेरै समय काम हुन नसकेको मुनाकर्मीको भनाई छ । लकडाउनले २ सय चिनियाँ कामदार रोकिएकाले  निर्माण कार्य केही पर धकेलिएको उहाँले बताउनुभयो ।

विमानस्थल निर्माणका लागि चाहिने आवश्यक सामाग्री लकडाउन अघि नै चीनबाट ल्याइएको र केही सामान  कलकत्ता बन्दरगाहबाट आउने क्रममा रहेकाले निर्माण सामग्रीको अभाव भने नहुने उहाँले बताउनुभयो । विमानस्थलमा अहिले २ सय ४४ चिनियाँ र १ सय १८ नेपाली कामदारले काम गरिरहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button