भारतमा कोरोना संक्रमणबाट ८१ हजार जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या झण्डै ४९ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् ।

सोही अवधिमा एक हजार ५४ जना सङ्क्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।देशभरी अहिलेसम्म कुल सङ्क्रमितको संङ्ख्या ४९ लाख ३० हजार २३७ पुगेको छ भने कोरोनाकै कारण कुल मृतकको सङ्ख्या ८० हजार ७७६ पुगेको छ ।

भारतमा कुल सङ्क्रमित मध्ये नौ लाख ९० हजार ६१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३८ लाख ५९ हजार ४०० जना सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार सङ्क्रमुक्त भएकाहरुको अनुपात ७८.२८ प्रतिशत रहेको छ । यो एकदमै सकारात्मक अवस्था रहेको सरकारी अधिकारीहरुको भनाई छ ।

उनीहरुका अनुसार अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरु मध्ये झण्डै आधा अर्थात ४८.८ प्रतिशत सङ्क्रमितहरु महाराष्ट्र, कर्नाटक र आन्द्र प्रदेशमा मात्रै रहेका छन् । भारतमा दैनिक सङ्क्रमितको अवस्था उच्च रहेको छ । केही दिन झण्डै एक लाख पुग्न लागेकोमा अहिले फेरी घटेको देखिएको हो । कोरोनाभाइसबाट सङ्क्रमित भएका मध्ये भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७९ हजार २९२ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button