नेपालमा रेस्लिङ खेलको भविष्य अन्यौलमा: हिमालयन टाइगर

पोखरा । हिमालयन टाइगरको रुपमा परिचित नेपाली रेस्लर भरतबहादुर विसुराल यतिबेला किताब लेखनमा व्यस्त हुनुहुन्छ ।

आफ्नो जीवन कालखण्डका उतारचढाबहरुलाई समेटेर पुस्तक तयार पार्ने उहाँको तयारी छ । ‘आफ्नै जीवन कालखण्डहरुको सम्झना भएका कुराहरु बटुलेर दशैंसम्म पुस्तक निकाल्ने तयारीमा छु’ उहाँले भन्नुभयो । कोरोना महामारीको कारण घरमानै बसेको समयको सदुपयोग गर्दै उहाँले किताब प्रकाशन गर्न लाग्नुभएको हो ।

उहाँ भन्नुहुन्छ–‘किताब निकाल्ने तयारी अन्तिम चरणमा पुगेको छ, लेखनसँगै आर्थिक रुपमा तयार छु, प्राविधिक रुपमा के कसो हुन्छ, सकेसम्म दशैं अगाडि सक्ने तयारी हो ।’ आफू रेस्लिङमा कुन भावनाले लागेको थिए यो क्षेत्रमा लाग्दा के कस्ता आरोह अवरोह आए भन्ने समेत किताब मार्फत उहाँले खुलाउन खोज्दै हुनुहुन्छ । ६२ वर्षीय टाइगरले आफ्नो जीवनको अनुभव किताब मार्फत साट्न लाग्नु भएको हो । किताब प्रकाशन गरेर केही देशमा पुग्ने उहाँको तयारी छ ।

सरकारको ध्यान रेस्लिङ खेलतर्फ नपुग्दा नेपालमा रेस्लिङ खेलको भविष्य अन्यौलमा रहेको हिमालयन टाइगर प्रोफेसनल रेस्लिङ एशोसिएशनका अध्यक्ष समेत रहनुभएका टाइगरको गुनासो छ । ‘रेस्लिङ खेललाई सरकारले संरक्षण गर्न सकेन, त्यसैले रेस्लिङ खेलको भविष्य अन्यौलमा छ’ उहाँले गुनासो गर्नुभयो । नेपालको झण्डा बोकेर झण्डै ४७ देशमा खेल खेलेको अनुभव संगालेका उहाँले सरकारले ध्यान दिन सके रेस्लिङमा नेपालको सम्भावना राम्रो भएको बताउनुहुन्छ । नेपालले रेस्लिङमा केही गर्नसक्छ भन्ने प्रमाणित गर्न आफू सफल भएको दावी उहाँको छ । ‘विदेशमा रेस्लिङ विज्ञापनले चलेको छ, क्राउड धेरै हुदैन ।’ उहाँले बताउनुभयो ।

रेस्लिङ क्षेत्रमा लाग्दा सरकारबाट हौसला बढाउने काम नभएको उहाँको गुनासो छ । केही रेस्लिङ खेलाडीले आफ्नो ’प्रोफेसनल’ लाइन छोडेर ‘ननप्रोफेसनल’ लाइनमा लाग्दा यो क्षेत्रमा असर परेको उहाँको बुझाई छ । ‘राजनीतिक नेताको पछि लाग्ने, पक्षगत रुपमा अगाडि बढ्ने, फाइदा भयो भने पार्टीको मेम्बर भनेर मिडियामा कभरेज पाउने प्रवृत्ति छ’ उहाँ गुनासो गर्नुहुन्छ । खेलाडी पार्टी लाइनमा गएको कारण रेस्लिङ खेललाई व्यवस्थित र अनुशासित बनाउन नपाइएको उहाँ बताउनुहुन्छ ।

मल्टिपल भिसामा सन् १९८५ मा अमेरिका हानिनुभएका हिमालयन टाइगरले सन् १९९२ जनवरीबाट रेस्लिङ खेल्न सुरु गर्नुभएको हो । उहाँको जन्म भने गण्डकी प्रदेशको लमजुङ जिल्लामा भएको हो । उहाँले अमेरिकामा १८ वर्ष ९ महिना रेस्लिङ खेल्नुभयो । सन् २००४ मा नेपाल फर्किएपछि हालसम्म नेपालमा ५५ जनालाई निःशुल्क रेस्लिङ सिकाइसकेको उहाँ बताउनुहुन्छ । ‘कतिलाई अहमता बढ्यो, कोही अलग्गै गर्छु भन्दै छोडे, कोही विदेशीय अहिले ७, ८ जना मात्र निरन्तर यो क्षेत्रमा लागेका छन्’ टाइगरले भन्नुभयो । यो अवधिमा मैले डब्लु डब्लु ईमा खेल्न सक्ने खेलाडी बनाउन सक्ने भएपनि विभिन्न समस्याका कारण नसकेको उहाँको भनाई छ ।

खेलाडीमा लगानी ग¥यो, अर्काले फुटाएर अर्कोतिर राखिदिन्छ, जुटाउने र फुटाउन खोज्नेहरुहुँदा सकिएन, तर शारीरिक तथा मानसिक रुपले तयार थियौ । उहाँले थप्नुभयो ।‘कोही आफै गर्ने हुनुहुन्छ, गुरुले भन्दा राम्रो गर्छु भनेर लाग्नु भएको छ , जे भएपनि उहाँहरु डब्लुडब्लुईमा पुग्नुभयो भने सबैभन्दा पहिला खुशी म हुन्छु । यो त मेरा लागि गर्वको कुरा हो । त्यस्तो सोँच आचरण मसँग छ तर यसको नाक भाच्ने हो भन्नेहरु छन् । उसको नाक भाचिदैन, उ खुशी हुन्छ भन्ने कुरा उनीहरुलाई थाहानै छैन’ हास्दै उहाँले भन्नुभयो ।

रेस्लिङको खेलको लागि ठूला कम्पनी अमेरिका र जापानमा छन् । अरु देशमा भने अपेक्षाकृत यो खेलको विकास हुन सकेको छैन । रिङ बनाउने, एक दुईवटा सो गर्ने त्यसपछि थन्किने गरेको पाइन्छ । युरोपका ४, ५ देश, अमेरिका, जापान, हङकङ, इन्डोनेसिया, सिगांपुरमा सिकाए । देशको झण्डा फहराहियो । दावेदार भएर खेल्ने भनेका १५, २० वटा मात्र देश छन् । हाल आफुहरुले १, २ वटा विदेशी ल्याउने र अन्तराष्ट्रिय सो गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

नेपालमा १, २ वटा अन्तराष्ट्रिय सो गर्ने जोश उहाँमा छ । ‘नेपालमा रेस्लिङ ल्याएर रोपियो । तर राम्रोसँग बुझेनन् । खेल खेलजस्तो भएन । आफूले नजाने पनि सिकाउन खोज्ने, खेल्न खोज्ने छन् । कहिले गर्धन भाचिदिने, कहिले कुइना फुस्काइदिने,कहिले ढाड सड्काइदिने, कहिले करङ सड्काइदिने भइरहेको छ भन्ने सुनेको छु, कुनै दिन मानिसको मृत्यु होला, रिङ भित्र ढल्ने केही हुने हो की भन्ने डर बढेको छ’ चिन्तित हुँदै उहाँले भन्नुभयो ।

उहाँको रेस्लिङ खेलको लागि एउटा एकेडेमी बनाउने सपना बाँकी छ । ८, १० जना तौल र उचाई भएका लगनशील, प्रोफेसनल बन्न खोज्ने, मानिसलाई एकेडेमीमा राखेर राम्रोसँग सिकाउने हो भने रेस्लिङ खेलको कारण नेपालको नाम फैलन सक्ने उहाँको विश्वास छ । ‘प्रतिष्पर्धाबाट स्किल लिएर अगाडि बढ्न सक्ने मानिस भए मुलुकको नाम फैलाउन सकिन्छ । संसारका जुनसुकै एरिनामा प्रवेश गरेर खेल्न सकिन्छ, कोष खडा गरेर एकेडेमी खोल्ने लक्ष्य हो, यो ठूलो सपना हो, कतिको सकिन्छ हेरौ’ उहाँ भन्नुहुन्छ ।

नेपाली रेस्लिङ क्षेत्रमा भने उहाँको क्रेज बेग्लै छ । खेलमा दर्शकको अपेक्षा अनुसारनै आफ्नो दवदवा कायम राख्ने खुबी उहाँमा छ । उमेर ढल्कदै गएपनि उहाँको खेलको जोशमा कमी आएको छैन । उहाँले लकडाउन हुनु अगाडिसम्म रेस्लिङ खेल्दै हुनुहुन्थ्यो । नेपालका केही ठाउँमा खेल्ने तयारी थियो तर कोरोनाका कारण स्थगित भयो । थाइल्याण्ड र मलेसियाको कार्यक्रम समेत कोरोनाका कारण गुमेको उहाँले बताउनुभयो ।

लामो समयदेखि यो खेलमा लाग्नु भएका उहाँले अब रिटायर्ड घोषणा गर्ने  सोँच  बनाउनु भएको छ । त्यसको लागि मिति भने तय भएको छैन । आफूलाई रेस्लिङ सिकाउने ८५ वर्ष पुगिसक्नुभएका गुरुलाई नेपाल ल्याएर घुमाउने र सोही समयमा रिटायर्ड घोषणा गर्ने रहर उहाँको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button