पोखरामा बुधवार थपिए ३७ कोरोना सङ्क्रमित, गण्डकीमा थप ६२ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार कास्कीको पोखरा महानगरका ३७ जना तथा कास्कीको रुपा गाउँपालिकाका १ जना सहित गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना भाइरस देखिएको जनाएको छ ।

पोखरा महानगरमा कोरोना पुष्टि हुनेहरुमा पोखराको पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत २५ वर्षीया महिला कर्मचारी, पोखरा महानगरपालिका-४ का नेपाल प्रहरीमा कार्यरत २२ देखि ४० वर्ष उमेर समुहका ९ जना पुरुष तथा ३८ वर्षीय एक पत्रकार, पोखरा ६ का २७ र ३१ वर्षीय पर्यटक प्रहरी तथा भारतबाट आएर क्वारेन्टिनमा बसेका पोखरा १७ र २५ का २१ -२१ वर्षका र पोखरा १५ का ४० – ४० वर्षका ४ पुरुष रहेको निर्देशनालयले जानकारी दिएको छ ।

त्यसैगरी पोखरा १ की २५ वर्षीया महिला, पोखरा ५ का २२ वर्षीय पुरुष, पोखरा ६ का २१ वर्षीय पुरुष, पोखरा ८ का ४१ र ४२ वर्षका पुरुष तथा ४० वर्षीया महिला , पोखरा ९ का ४४ वर्षीय पुरुष, पोखरा १० का ९ वर्षीय बालक, २४ वर्षीय पुरुष तथा १८ र ४६ वर्षीया महिला , पोखरा ११ का २४ वर्षीय पुरुष तथा १० वर्षीया बालिकासहित १६, २९ र ५७ वर्षीया महिला, पोखरा १४ का ३० वर्षीय पुरुष एवं पोखरा २७ का २३ , २८, ३३ र ३४ वर्षका पुरुषहारुमा कन्ट्याक्ट ट्रेसिङ मार्फत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी ईलामबाट आई क्वारेन्टिनमा बसेका रुपा-१ का २७ वर्षीय पुरुष, पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तनहुँ शुक्लागण्डकी १० का २८ वर्षीय पुरुष, भारतबाट आएर क्वारेन्टिनमा बसेका तनहुँ घिरिंगका २३ , २६ र २७ वर्षीय पुरुष , तनहुँको व्यासका थप २१ र २८ वर्षीय पुरुष, भारतबाट आएर क्वारेन्टिनमा बसेका बाग्लुङ गल्कोट ३ र बाग्लुङ १ का ३७ र ४६ वर्षीय पुरुष, बागलुङ बडीगाडका ६ वर्षीय बालक, गोरखाको गोरखा, वारपाक, सहिदलखन र भीमसेन पालिकाका १८ देखि ३८ वर्ष उमेर समुहका १२ पुरुष र एक २१ वर्षीया महिला, स्याङजा पुतलिबजार २ का २४ वर्षीय पुरुष एवं ह्याम्स अस्पताल काठमाण्डौमा उपचाररत नवलपुर कावासोती १ का ३८ वर्षीय पुरुषमा पनि कोरोना देखिएको निर्देशनलयले जानकारी दिएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button