पोखराको कृष्ण प्रणामी बृद्धाआश्रममा सहयोग

पोखरा । पोखरा–२७ सयले पाखामा रहेको कृष्ण प्रणामी बृद्धाआश्रममा बुधबार खाद्यान्न, लत्ताकपडा तथा नगद सहयोग प्रदान गरिएको छ ।

आश्रमका ज्येष्ठ नागरिकलाई मादी गाउँपालिका १० घर भै हाल पोखरा चापाँपानीमा बसोबास गर्ने वैदेशिक रोजगारीको सिलसिलामा बेल्जियममा रहेका राजेन्द्र गुरुङ्ग र उनकी पत्नी दयाकुमारी सिग्देल (गुरुङ) ले सहयोग गरेका हुन ।

गुरुङ्गले आफ्नी स्वर्गीय आमा क्रोहस्यो गुरुङ्गको स्मृतिमा आश्रमका ज्येष्ठ नागरिकलाई दाल चामल सहितको खाद्यान्न सामाग्री, १३ थान ब्लाङ्केट र नगद १२ हजार ९ सय सहित झण्डै ६५ हजार रुपैयाँ बराबरको सहयोग गरेका हुन ।

बेल्जियमबाट पठाएको सहयोग आश्रमका अध्यक्ष दुर्गा प्रसाद गौतमलाई सहयोगदाता गुरुङ्गका आफन्त नारायण गुरुङ्ग, बीना गुरुङ्ग, कल्पना गुरुङ्ग र श्याममाया गुरुङ्गले हस्तान्तरण गरेका थिए ।

त्यसक्रममा नारायण गुरुङ्गले विषम परिस्थितिका कारण आश्रममा आइपुगेका ज्येष्ठ नागरिकलाई आफन्तको स्मृतिमा गरिएको सहयोगले केही समय भएपनि सहज जीवन यापनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

आश्रमका अध्यक्ष गौतमले कठिन परिस्थितिमा रहेका जेष्ठ नागरिकलाई यस्ता सहयोगले हामीलाई हेर्ने पनि कोही छन् है भन्ने विश्वास जागेको उल्लेख गरे । कार्यक्रममा स्थानीय समाजसेवी मोहन गुरुङ्ग, गोविन्द बास्तोला, बुद्धिसागर पोखरेल लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button