पोखराका थप ४ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या ३२०१ पुग्यो

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार  कास्कीको पोखरा महानगरका ४  जनासहित  गण्डकी प्रदेशमा थप २३  जनामा कोरोना भाइरस देखिएको जनाएको छ ।

निर्देशनालयले बिहीबार बिहान  पोखरा महानगरका ९ का ३५ वर्षीय पुरुष, पोखरा  १० की २० वर्षीया महिला, पोखरा १५ का २९ वर्षीय पुरुष  तथा पोखरा २० की  २३  वर्षीया महिलामा  कोरोना देखिएको जनाएको हो ।

त्यस्तै गोरखा अजिरकोट र वारपाकका  ३० वर्षीया महिला र ५४  वर्षीय पुरुष, बागलुङ तमानखोलाका २३ वर्षीय पुरुष, बागलुङ ६ , १० र १३ का ३७ , १९ र ५९ वर्षका पुरुष, तनहुँ आबुखैरेनीकी ३९ वर्षीया महिला एवं नवलपुर देबचुली, गैंडाकोट र  मध्यबिन्दु का ५ पुरुष तथा ७ महिलामा कोरोना पुष्टि भएको  निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २  सय १   पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button