बागलुङ गलकोट समाज जापानको अध्यक्षमा खत्री

थम्मन थापा /बागलुङ । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोको अध्यक्षमा रमेश कुमार खत्री चयन भएका छन् ।

क्षेत्रीय समिति टोकियोको सम्पन्न भेलाले आगमी २ वर्षे कार्य अवधिको लागि अध्यक्षमा खत्री सहित २६ जनाको कार्यसति चयन गरेको हो । जापानको टोकियोमा सम्पन्न पाँचौं अधिवेशन मार्फत नयाँ कार्यसमित चयन गरिएको गलकोट समाज जापानका संरक्षक बेलुकाजी थापाले जानकारी दिनुभयो ।

कार्य समितिको उपाध्यक्षमा राजु बस्नेत, दुर्गा खत्री, हिमाल कंडेल र दुर्गा थापा, सचिवमा दिनेश थापा, लेखा समिति संयोजकमा कृष्ण गौतम, उप संयोजकमा सन्तोष पुन र दीपक सुवेदी चयन भएका छन् । समितिको कोषाध्यक्षमा इश्वर बस्नेत, सह–सचिवमा रवीन केसी, बसन खत्री, सह कोषाध्यक्षमा प्रकाश न्यूरे र प्रकाश केसी रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा दण्ड केसी, राजन कंडेल, दीपक सुवेदी, डम्मर खत्री, थम क्षत्री, धनबहादुर खत्री, मिलन गैरे, महेश तुलाचन, गगन खत्री, रामु खत्री, प्रकाश कार्की र तेजेन्द्र सिंह बस्नेत रहेका छन् ।

गलकोट समाज जापानका केन्द्रीय अध्यक्ष दिलु खत्रीको प्रमुख आतिथ्ता रहेको कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरु, सक्रिय सदस्यहरू लगायतलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा समाजका केन्द्रीय संस्थापक अध्यक्ष कृष्ण गौचनको विशिष्ट आतिथ्यता रहेको थियो । सो अवसरमा संस्थाको प्रगति प्रतिवेदन सचिव दुर्गा खत्री र आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजु बस्नेतले प्रस्तुत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button