बागलुङको बरेङमा घर जलेर नष्ट

बलेवा । बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्ची घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ ।

घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् । उहाँको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिनुभयो । स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य घरमा भने क्षति हुन पाएन । घरमा रहेका अन्नपात, लत्ता कपडा सबै जलेकाले बिक परिवारलाई छिमेकीको घरमा आश्रय दिइएको उहाँले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button