पोखरामा फेरी थपिए ४ कोरोना संक्रमित

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार  कास्कीको पोखरा महानगरका ४  जनासहित  तनहुँका एक जना गरी गण्डकी प्रदेशमा थप ५   जनामा कोरोना भाइरस देखिएको जनाएको छ ।

निर्देशनालयले बिहीबार बिहान दोस्रो चरणमा  पोखरा ५ की ४२ वर्षीया महिला, पोखरा ८ का ३४ वर्षीय पुरुष,  पोखरा  १० की ३४  वर्षीया महिला  तथा पोखरा १८  का  १९  वर्षीय पुरुषमा  कोरोना देखिएको जनाएको हो ।

त्यस्तै ब्यास ४ का  ३६  वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको  निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २  सय ६  पुगेको छ । यस अघि बिहीबार बिहान नै पोखराका थप ४ जनामा कोरोना पुष्टि भएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button