पोखराबाट पनि ६ महिनापछि देशभरका लागि सार्वजनिक यातायात संचालनमा

प्रभु अधिकारी / पोखरा न्यूज । पोखराबाट आज देखि लामो दुरीका सार्वजनिक सवारीसाधन संचालन हुन् थालेका छन् । नेपाल सरकारले असोज १ गतेदेखि लामो दुरीका सार्वजनिक सवारीसाधन संचालन गर्न खुला गरेसँगै पोखराबाट काठमाण्डौ, नारायणगढ, विरगन्ज लागायतका स्थानका लागि हाइस माईक्रो तथा बस संचालनमा आएका हुन् ।

आइतबारदेखि कम्पनीका पोखराका ९ वटा शाखा र नेपालभरका १८ वटा शाखाबाट सार्वजनिक सवारीसाधन संचालन गर्न शुरु गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्र बहादुर केसीले जानकारी दिनुभयो ।

अध्यक्ष केसीले कोरोनाले भन्दा पनि भोकले मर्ने अवस्था सिर्जना भएपछि व्यवसायीहरुले असोज १ गतेबाटै सवारी संचालन गर्ने तयारी गरिरहेको बेला नेपाल सरकारले पनि १ गतेबाट नै सवारी चलाउन  खुला गरेको भन्दै सरकारको निर्णयको स्वागत गर्दै सवारी संचालन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ नेपाल सरकारले ६ महिनाको बन्दाबन्दी पश्चात लामो दुरीको यातायात संचालन गर्ने निर्णय गर्यो त्यसको हामि स्वागत गदछौ , राज्यले नखोलेभएपनि हामि खोल्ने अवस्थामा थियौ तर राज्यले नै खोलेकोछ, हामीले निर्णयको स्वागत गर्दै सरकारको निर्णय र तोकेको मापदण्ड भित्रै रहेर सवारीसाधन संचालन गर्दैछौं।“

सवारीसाधनमा यात्रु चढ्नु अघि पूर्ण रुपमा निसंक्रमित गरेर मात्र यात्रु चढाउने  र यात्रु झरेपछि पनि निसंक्रमित गर्ने गरी सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरेर नै सवारीसाधन संचालनमा ल्याइएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

“हामीहरूले नेपाल सरकारले जारी गरेको कोभिड १९ सार्वजनिक यातायात सञ्चालन कार्यविधि निर्देशिका भित्र रहेर उच्च सुरक्षा र सावधानी अपनाउँदै प्रति २ सिटमा १ जना राखेर सवारीसाधन सञ्चालन गर्छौ,” उहाँले भन्नुभयो, ”हामि ब्लुबुकमा उल्लेख भएको भन्दा आधा संख्यामा यात्रु राख्छौं, भाडा सरकारले तोके बमोजिम नै ५० प्रतिशत बढी लिन्छौं।“

अहिलेको कोरोना संक्रमणको अवस्थामा सवारी संचालन गर्दा सबै पक्षले स्वास्थ्यका मापदण्ड हरुलाई पालना गर्नुपर्ने बताउदै उहाँले नियम उल्लङ्घन गर्नेलाई सरकाले पनि कारवाही गर्नसक्ने र त्यसमा कम्पनिले प्रहरी प्रशासनलाई पूर्ण रुपमा साथ दिने बताउनुभयो ।

“हामीले निसंक्रमित अथवा स्यानीटाइज गर्ने कार्य हामीले गर्छौ, दुरी कायम गराउने, चालक तथा सहचालाकलाई फेस सील मास्क, पन्जा को व्यवस्था गर्छौ,” उहाले भन्नुभयो  “यात्रुहरुले आनिवार्य रुपमा मास्क लगाउनुपर्ने हुन्छ, यदि कसैले सवारीसाधनमा भिडभाड गर्छ र स्वास्थ्यमा खेलबाड गर्ने कार्य गर्छा भने सरकारले कारवाही गर्नुपर्छ।“

आजबाट स्थानीय यातायात प्रा.लि. का यातायात समेत संचालनमा आएको प्रा.लि. का अध्यक्ष केदार पौडेलले जानकारी दिनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष समेत रहनुभएका पौडेल ले प्रा.लि. ले स्वास्थ्य सजगता अपनाउदै आफ्नो क्षेत्र भित्रका मध्यम दुरीका स्थानहरुमा सवारी संचालन गरेको बताउनुभयो । “हामीले तनहुँ, कास्की, लमजुङ, रामपुर पाल्पा लगायतका स्थानहरुमा आजबाट सवारी संचालन गरेका छौं,” उहाले भन्नुभयो, “ आज विश्वकर्मा पूजा भएकाले सिमित सवारी चलेका छन् भोलिबाट धेरै जसो सवारी संचालनमा आउछन ।“

आजबाट सवारी संचालनमा आएपछि सवारीका चालकहरुले समेत खुसि व्यक्त गरेका छन् । करिव ६ महिना देखि बिना आम्दानि घरमै बस्नुपर्दा दैनिक गुजारामा समस्या रहेको ले अव भने  केहि राहत मिल्ने  विश्वास जागेको चालकहरु बताउछन ।

झन्डै ६ महिनापछि सार्वजनिक सवारी चलाएर नारायणगढका लागि  छुटन लाग्नुभएका ना ६ ख ६२०३ का चालक राजाराम थपलियाले सरकारले जारी गरेको मापदण्ड अनुसार दुरी कायम गराएर बस संचालन गरेको बताउनुभयो । चालक थपलियाले यात्रुहरुलाई सुरक्षित रुपमा मास्क स्यानीटाइजरको  प्रयोग गरेर यात्रा गर्न र अत्यावश्यक अवस्थामा मात्र सवारीसाधनमा यात्रा गर्न यात्रुहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै बा ३ ख १०६५ नम्बरको माईक्रो बसका चालकले लामो समय पछि सवारी चलाउन पाएकोमा खुसि व्यक्त गर्दै समितिले दिएको निर्देशन र सरकारी नियम भित्र रहेर बस चलाएको बताउनुभयो । उहाँले सार्वजनिक यातायात खुलेर ५० प्रतिशत भाडा बढी लिन भनेपनि यात्रुहरु आधा संख्यामा पनि नआइदिदा मर्कामा  परेको बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button