तनहुँमा लागुऔषध सहित ४ जना पक्राउ

पोखरा न्यूज । तनहुँ जिल्ला आबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वीराजमार्गमा लागुऔषध सहित ४ जनालाई बिहीबार बिहान तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

मुग्लिङबाट आबुखैरेनी तर्फ पैदल आउँदै गरेका ती व्यक्तिलाई शंकालागि चेकजाँच गर्दा उनीहरुको साथबाट ३२४० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि आवश्यक कारवाही शुरु गरिएको छ ।

पक्राउ पर्नेमा पर्वत जिल्ला घरभई पोखरा सृजनाचोक बस्ने १८ वर्षीय कुशल सुनार, स्याङजा घरभई पोखरा सृजनाचोक बस्ने २८ वर्षीय रोशन गुरुङ, गोरखा घरभई पोखरा सृजनाचोक बस्ने १९ वर्षीया पुजा गुरुङ र पोखरा-८ निवासी ३९ वर्षीय सुरज सुनार रहेको तनहुँ प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button