पोखराका थप २ सहित गण्डकीमा ४१ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान  पोखरा महानगरका २ जना सहित गण्डकी प्रदेशमा ४१ जना कोरोना संक्रमित थपिएको जनाएको छ । निर्देशनालयले पोखराको वडा नं १ का ३८ वर्षीय पुरुष तथा पोखरा ३ की ५४  वर्षिया महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो  ।

त्यसै गरी निर्देशनालयले तनहुँ देवघाट ५ का २७ र ५८ वर्षका पुरुष तथा शुक्लागण्डकी ४ का १६ र २१ वर्षीय पुरुष,  स्याङजाका ५४ वर्षीय पुरुष  एवं नवलपुर देबचुली, गैंडाकोट र  कावासोतीका ४ वर्षीय बालकदेखि ७७ वर्ष उमेर समुहका २४  पुरुष तथा १५ वर्षीया बालिका देखि ६० वर्ष उमेर समूहका  १० महिलामा कोरोना पुष्टि भएको  निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ३ सय २१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button