द्वन्द्वैद्वन्द्वबाट दौडाइएको पूर्वीय दर्शनको इतिहास

“दृश्यते अनेन इति दर्शनम्” सामान्यतया दर्शनलाई यसरी परिभाषित गरिन्छ । संसारमा आँखाले जे जतिकुरा देखिन्छ, तिनको विश्लेषणात्मक अर्थ लगाउनु दर्शन हो । दर्शन ज्ञानको आधार हो । दर्शनले जीवन र जगतलाई बाटो देखाउँछ र त्यही बाटो आउने पिँढीहरुले अँंगालेका हुन्छन् । दर्शनको ज्ञानले आउने पिँढीलाई डो¥याउँछ । अहिले भौतिक जगतमा पूर्वीय र पाश्चात्य गरेर दुइवटा दर्शन चल्तीमा रहेका छन् र तिनैबाट पूर्वका र पाश्चात्य जगतका मानिसहरुले आआफ्नो बाटो अँगालिरहेका छन् ।

पाश्चात्य दर्शनको इतिहासको गणना रोमरको इतिहासबाट सुरु भएको मानिन्छ जुन ईसाको ११ आँैं शताब्दी पूर्वको मानिन्छ तर पूर्वको इतिहास त्योभन्दा धेरै पुरानो अर्थात आजभन्दा अठ्तीस लाख त्रियानब्बे हजार (सत्य १७२८०००, त्रेता १२९६०००, द्वापर ८६४००० र कलियुग अहिलेसम्म ५०००) वर्षको छ । यसरी हेर्दा पाश्चात्य दर्शनभन्दा पूर्र्वीय दर्शनको इतिहास ज्यादै नै पुरानो मानिएको छ । अहिले पश्चिमका इतिहास विज्ञहरु पनि पूर्वतिर अध्ययनका लागि आएको पाइन्छ यसको कारण मानवको उत्पत्ति र विकासको पहिलोे रहस्य पश्चिममा भन्दा पूर्वमा नै रहेको छ ।

हाम्रा पूर्वका इतिहास निर्माताको आधार चाहिँ पुराण हो । वेदव्यासले रचना गरेको १८ वटा पुराण नै पूर्वको इतिहासको बलियो आधार रहेको छ अर्थात पूर्वको इतिहासको जग भन्नु नै हाम्रा पुराणहरु हुन् । १८ वटा पुराणका घटनाहरुमा आधारित हाम्रो इतिहास रहेको छ । पुराण मध्येपनि विष्णुपुराण र शिवपुराणलाई पूर्वीयदर्शनको इतिहासकोे जग मानिन्छ । हाम्रा इतिहासका लेखकहरुले पूुर्वको इतिहासलाई द्वन्द्वैद्वन्द्वमा दौडाएको पाइन्छ र किन पूर्वको इतिहासमा द्वन्द्वबाहेक अरु निर्माण र विकासका कुराहरुले त्यति धेरै ठाउँ पाएनन् त ? यो एउटा जिज्ञासाको विषय रहेको छ ।

अहिलेसम्म हामीले सत्य,द्वापर, त्रेता युगका साथै कलियुगका करिव पाँचहजार वर्ष बितायौँ । सत्य, र त्रेता र द्वापर वटै युगहरुमा लडाइँ, झगडा र द्वन्द्वलाई नै अगाडि राखेर इतिहासको रचना गरिएको छ । सत्ययुगमा प्राय देव र आसुरको द्वन्द्वको सृजनामा इतिहासको रचना गरिएकोे छ । त्यतिवेला देवलोकका राजा इन्द्रले भूतलमा जसले जे गरेपनि तड्पिइरहने र आसुरले पनि इन्द्रलाई देख्नै नसक्ने । श्रीमहादेवले पनि देव र आसुरको झगडाबाट आजित भएर समुद्र मन्थनको रचना गरे । समुद्र मन्थनबाट प्राप्त पदार्थहरु हलाहल विष, कामधेनु गाई,उच्चैश्र्रव्वा घोडा, ऐरावत हात्ती,कोस्तुप मणि, कल्पबृक्ष, रम्बा अप्सरा, देवी लक्ष्मी, वारुणी देवी, चन्द्रमा, पारिजात बृक्ष,पाञ्चजन्य शंख,अमृत कलश र धनवन्तरी श्रृषिको बाँडफाँड त भयो तर अमृतमा भने देव र दानव पक्षको हानालुछी देखियो र प्राप्त वस्तुहरुमध्ये अमृत बाँड्ने वेलामा पनि विष्णद्वारा छलगरेर देवगणलाईमात्र अमृत पान गराउने प्रपञ्च रचियो । महादेवले जुन उद्देश्यले समुद्र मन्थनको रचना गरेका थिए त्यो पूरा भएन, समूद्र मन्थनपछि पनि देव आसुरहरुमा मेलमिलाप भएन तारकासुर, बृत्रासुर, भष्मासुर जस्ता आसुरहरुको परिकल्पना गरेर युद्धलाई नै शिरोधार्य गरियो ।

हरेक युगमा विष्णुका अवतारलाई युद्धकर्ताको रुपमा सृजना भएको बनाएर उल्लेख गरिएको छ । सत्ययुगका भगवान विष्णुका कुर्म र नृसिंह अवतार हिराण्याक्ष र हिरण्यकसिपुसँग युद्ध गर्नका लागि रचना गरिएको थियो । त्रेतायुगमा भएका विष्णुका वामन, परशुराम र राम अवतारहरु पनि युद्धकै लागि थिए । वलिसँग प्रतिशोध लिन वामन अवतारको रचना गरिएको थियो । परशुरामलाई महादेवले नै युद्धकला सिकाएर लड्नका लागि बन्चरोसमेत प्रदान गरेको पुराणमा उल्लेख छ । त्रेतायुगमा भूतलमा रावणको अत्याचारबाट नागरिकहरुलाई सुरक्षित राख्नका लागि रामको जन्म भएको मानिन्छ । रामलाई वाल्यकाल र वनबासमा समेत अनेक किसिमका ताडना, अन्तरद्वन्द्व र गृहकलहद्वारा पिडित बनाएर प्रस्तुत गरिएको छ । त्रेतायुगको धेरै वर्णन राम र रावणको युद्धका लागि खर्च गरियो । युद्धमा धेरै ठूलो धनजनको क्षति भएको कुरा प्रस्तुत गरिएको छ । युद्धमा मानिसबाहेक वानर पशुपङ्क्षी र अन्य जनावरलाई समेत भरपुर प्रयोग गरिएको छ । युद्ध समाप्त भई सकपेछि पनि रामको पारिवारिक असन्तुष्टि र कलहलाई प्रशस्त ठाउँ दिइएको छ । पटकपटक सीताले आफ्नो अस्तित्वका लागि परीक्षण गरिनुपर्ने तर रामले चाहिँ केही गर्नुनपर्ने र पुरुष र नारीबीचको विभेदलाई स्पष्टरुपमा प्रस्तुत गरिएकाले अहिले पूुर्वीय आर्य समाजमा नारी र पुरुषबीचको विभेदको सुरुवात यसलाई मान्न सकिन्छ ।

द्वापरयुगको इतिहास महाभारतको युद्धकालीन इतिहास हो र जुन युद्धलाई अत्यन्तै विनाशक र अशुभका रुपमा लिइन्छ । यसकालको इतिहासमा त झन् युद्धले नै प्रधानता पाएको छ । सुरुमा व्यासद्वारा ुजयु काव्यको रचना गरियो । यो काव्यमा ८८०० श्लोकहरु छन् ती सबै केवल कौरव र पाण्डवहरुको युद्धका घटनालाई राखेर लेखिएको छ । जन्मनजयले गरेको नागयज्ञका घटनाहरुलाई जोडेर २४००० श्लोकको ुभारतु र जन्मनजयको हरिवंशको कथासहित राखेर व्यास, वैशम्पायन र सौतिद्वारा १०००००(एकलाख श्लोकको) ुमहाभारतु ग्रन्थको रचना गरियो जुन पूर्वको एउटा आदर्श ग्रन्थको रुपमा लिइन्छ । महाभारत युद्धका बीचबाट श्रीकृष्ण र अर्जुनको वार्तालापका कुरालाई आधार मानेर पूर्वीय दर्शनको आदर्शवादी र धार्मिक ग्रन्थ ुगीताु को रचना गरिएको छ । गीतामा पनि धेरै कुरा युद्ध र युद्धमैदानका घटनालाई प्राथमिकतामा राखिएको छ । गीतामा जीवन र जगतमा आवश्यक अरु धेरै महत्वपूर्ण ज्ञानका कुराहरु भएतापनि यो ग्रन्थ लडाइँको बीचमैदानबाट जन्मिएकाले महाभारत युद्ध कथाको उपजीवकाव्य नै रहेको पाइन्छ ।

इतिहास पूर्खाहरुले आउने पिँढीलाई प्रदान गरेको महत्वपूर्ण नासो हो । नवपिँढीले त्यसैलाई अँगाल्नुपर्ने हुन्छ । गलत किसिमबाट प्रस्तुत गरिएको इतिहासले गलत सन्देश दिन्छ । देश कति सम्पन्न र विपन्न भन्नेकुरा त्यो देशका पूुर्खाले छाडेको इतिहासमा निर्भर गर्दछ । माथि उल्लेखित हाम्रा पौराणिक कालको इतिहास द्वन्द्व झगडा र लुछाचँुडीबाट प्रस्तुत गरिएको छ । पूर्वीय दर्शनको वेदकालीन इतिहासलाई हेर्दा यसको लिखितरुपको काल ई.पू.(४५००—८००) ऋगवेददेखि यजुर्वेदसम्म रहेको छ । त्यहाँभन्दा पहिला वेद श्रुतिको रुपमा मात्र थियो । इतिहासका लेखक वेदव्यासको काल द्वापरयुगको अन्त्यतिर हो । त्योभन्दा पहिलाका घटनाहरु कि त काल्पनिक हुन सक्दछन् कि त वेदव्यासका कथाहरुको संँगालोका रुपमा घटनाहरुलाई जोडेर लेखिएको हुनसक्छ ।

पाश्चात्य दर्शनको आधार युनानी दर्शन हो । यो दर्शनले भौतिकवादमा जोड दिएको छ । पाश्चात्य दर्शनलाई सुकरात पूर्वको दर्शन, प्लेटो र अरस्तुको समयको दर्शन र अरस्तुको समयपछिको दर्शन गरेर तीन भागमा विभाजन गरिएको छ । यो दर्शनले धर्ममा आस्था राखेपनि पूर्वीय दर्शनको जस्तो धर्ममा आस्थासहित भरोसामा जोड दिएन । पूर्वीय दर्शनले सत्य, द्वापर युगमा कर्ममा भन्दा केवल जप, तप र ध्यानलाई प्राथमिकतामा राख्यो । कुनैपनि फलप्राप्तिका लागि ईश्वरको ध्यान गरेपछि सृष्टिकर्ता, पालनकर्ता र सम्हारकर्ताले उद्दार गर्ने आदर्श निर्माण गरियो । द्वापरयुगमा मात्र कर्मलाई प्राथमिकतामा राखेर गीताको ज्ञान प्रदान गर्न थालियो । पूर्वीय दर्शनले मनुस्मृितलाई पनि एउटा बलियो आधार मानेको छ । मनुस्मृतिले वर्णाश्रम अनुसारको जातीय विभेदको रेखा सिर्जना ग¥यो । सत्ययुगमा महादेवलाई दक्षले गरेको अपमान सहन नसकेर सतीले गरेको आत्मदाहलाई प्रथाको रुपमा विकास गरियो र महिलालाई उसको श्रीमान्को मृत्युसँगै उसैको सोलामा जल्नुपर्ने संस्कारको निर्माण ग¥यो । यो प्रचलन त्रेतायुगमा पनि कायम राखियो । द्वापरयुगमा पाण्डु मर्दा माद्रीलार्इृ सती पठाइयो र वसुदेव मर्दा देवकीलाई पनि सती पठाइयो । नेपालमा प्रताप मल्ल राजा मर्दा ३५ वटी, योग नरेन्द्र मल्लका ३३ वटी, पार्थिबेन्द्र मल्लका २४ वटी, पृथ्वीनारायण शाहका ९ वटी,रणबहादुरका ल्याइते दासीसहित १४वटी र यतिमात्र नभएर प्रतापसिंह शाह मर्दा उनका ६ वटी श्रीमती र रखौटीसहित उनकी एक महिनाकी सुत्केरीलाई समेत लतार्दै लगेर सोलामा चढाइएको थियो । जंगबहादुर वेलायतबाट फर्केपछि सती प्रथामा केही परिवर्तन तथा नियम बनाएर रोक्न खोजेपनि उनी मर्दा उनका श्रीमतीहरुलाई सती पठाइएको इतिहास छ । चन्द्र शमशेरले वि.स. १९७७ मा यो प्रथा बन्द गरे यसो गर्दा उनले धरै खप्की खानु परेको थियो । अहिले सतीप्रथा हटेपनि पूर्वीय दर्शनमा महिलाप्रतिको विभेदचाहिँ यथावत रहेको छ ।

हाम्रो इतिहासले कथित ठूला भनाउँदाले मात्र पढ्ने, तल्लाजातिले पढ्न हँुदैन र उनीहरुको कर्तब्य ठूलाबडाको सेवा गर्ने कार्यमा सिमित ग¥यो । तल्ला जातिलाई माथिल्ला भनाउँदाले आफ्नो सेवकको रुपमा सिमित गरे । उनहिरुलाई सिनो तरलाउने र सफा गर्ने बनाए । यसले मानसिक अन्तरद्वन्द्व र वर्गीय सङ्घर्षको निर्माण ग¥यो । केही जातिलाई दलित नामकरण गरेर दलन गरी उनीहरुलाई वेद पढ्न र धार्मिक कार्यका लागि वञ्चनमा राख्यो । प्रायः वेदव्यासका पुराणहरुमा आधारित पूर्वीय दर्शनको इतिहासले हरेक कुरालाई देवत्वकरण गर्दै धार्मिक ग्रन्थका हरेक पन्नापन्नामा ईश्वरको कल्पना गरेर महिला, दलित तथा तल्ला जातिलाई पढ्नबाट वञ्चित गरेर द्वन्द्व र सङ्घर्षको इतिहास निर्माण ग¥यो ।

पुराणकालीन हाम्रो पूर्वीय दर्शनको इतिहासलाई आलोचनात्मक रुपमा आँकलन गरेर हिँड्नुपर्ने कुराको ज्ञान नवपिंढीलाई अवगत गराउनु पर्दछ । एउटै व्यक्ति वेदव्यासद्वारा रचित पुराणमा पनि शिवपुराण, विष्णुपुराण र ब्रम्ह्पुराणमा फरकफरक तरिकाले प्रस्तुत गरिएको छ । त्यसको गहिराइमा पुगेर अध्ययन गर्नुपर्ने देखिन्छ । पुर्खाले दिएको देनहरुका सकारात्मक कुराहरुलाई यथावत लिई नराम्रा कुरामा प्रगतिशील परिवर्तन गरिनु आवश्यक रहेको छ । इतिहासका द्वन्द्व, युद्ध, कलह र विभेदीकरणका प्रस्तुतीहरुलाई मेलमिलाप र निर्माणका रुपमा ग्रहण गरी काल्पनिक कपोकल्पिक र भ्रमजन्य कुरालाई परित्याग गरेर पूर्वीय दर्शनको हाम्रो इतिहासलाई नयाँ सिराबाट ग्रहण गरिनु सान्दर्भिक ठहर्छ । अहिले हामी हाम्रो पौणाणिक इतिहास वेदव्यासका पुराणहरुमा र आधुनिक इतिहास जर्मन नागरिक सिल्भान लेभीका कुरामा निर्भर छौँ । हाम्रा इतिहासका कुराहरु वास्तविक नभई लेखकको विचार र काल्पनिक घटनामा आधारित भएकाले यसलाई पुनर्लेखन र पुनव्र्याख्या गरिनु पर्दछ ।

कोतपर्व भण्डारखालपर्व, दरवार हत्याकाण्ड, दशवर्षे माओवादी जनयुद्ध नामक भुङ्ग्राको १७,००० नागरिकको बलिदान्लगायत अन्य काण्डैकाण्डले सिर्जित हाम्रो आधुनिक इतिहासलाई हेर्ने दृष्टिकोणमा पनि नया विचारको सृजना गरिनु पर्दछ । अहिल्याको जबरजस्ती सतित्व लुट्ने इन्द्रलाई देवताको रुपमा लिइरहनु र उनैको नाममा ऋगवेदका अधिकांश ऋचाहरुको प्रयोगको हाम्रो ऐतिहासिक दर्शनको वास्तविकता खोजीको आवश्यकता देखिन्छ । देशको ऐतिहासिक दर्शनमा द्वन्द्व,मारकाट,कलहले भरिभराउ हुँदा नव पिँढीहरु पनि सृजना र निर्माणभन्दा द्वन्द्व मारकाट र नकारात्मक सोचाइतिर उन्मुख हुने हुन् कि भन्ने भान हुनलागेकाले पूर्वीय दर्शनको हाम्रो इतिहासको सकारात्मक परिवर्तनको आवश्यकता रहेको छ । अहिले कोरोनाको महामारीले फेरि अर्काे मानसिक द्वन्द नेपाली नागरिकमा सृजना भएको यो अवस्थामा द्वन्दबाट मुक्त इतिहासको खोजी यो लेखको निष्कर्ष रहेको छ र राज्यको ध्यान त्यता जानुपर्दछ ।

उपप्राः रामप्रसाद सुवेदी
पृ.ना.क्या., पोखरा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button