पोखरामा ३ बालकसहित थप १५ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान पोखरा महानगरका थप  १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको  छ ।  निर्देशनालयले पोखरा महानगरका ४ वटा वडाका ३ बालकसहित ११ पुरुष र ४ महिलामा कोरोना देखिएको जानकारी दिएको हो ।

निर्देशनालयले पोखरा १ का ७ वर्षीय बालक, पोखरा ७ का  २५, ३०,३४, ३५ र ३८ वर्षका पुरुष , पोखरा १६ का ३३ वर्षीय पुरुष,  पोखरा १९ का २ र ७ वर्षीय बालक, २६ र ४० वर्षका पुरुष तथा २० वर्षीया एक  र  ३२ – ३२ वर्षका ३ महिलामा समेत  कोरोना पुष्टि भएको जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ३ सय ३६ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button