गण्डकीमा कोरोनाबाट ३१ वर्षीय युवकको मृत्यु

पोखरा न्यूज  । गण्डकी प्रदेशमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

नवलपुर  देबचुली ११ का ३१ बर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार राति १२ : १८ मा चितवन मेडिकल कलेजमा उपचार कै क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गत भदौ २५ गते अस्पताल भर्ना भएका युवकमा भदौ २६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । युवकमा  श्वासप्रस्वास तथा मृगौला सम्बन्धि समस्या समेत रहेको निर्देशनालयले जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button