प्रेस युनियन कास्कीलाई मास्क र सेनिटाइजर

पोखरा । सर्वाेच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा पोखरा-५ निवासी नेपाली काँग्रेस कास्कीकी नेतृ सीता शर्माले नेपाल प्रेस युनियन कास्कीलाई मास्क र सेनिटाइजर सहयोग गरेकी छन् ।

कोरोना महामारीका बेला खटिएका सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर प्रदान गर्नका लागि उनले प्रेस युनियन कास्कीलाई ती सामग्री सहयोग गरेकी हुन् ।

उनले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र कोषाध्यक्ष विजय लम्साललाई ती सामग्री हस्तान्तरण गरेकी थिइन् । नेपाली काँग्रेस कास्कीका नेता विजयराज आचार्य, फणिन्द्र कोइराला, नेपाल औषधि व्यवसायी संघ गण्डकीका उपाध्यक्ष झलक शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् यज्ञराज पौडेलको उपस्थितिमा ती सामग्री हस्तान्तरण गरिएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button