पोखराको बुद्धविशाल बजार अब शनिबार पनि खुला

पोखरा । नेपालीको महानपर्व विजयादशमी तथा दीपावलीको अवसरमा पोखराको बुद्वविशाल बजार शनिबार पनि खुला हुनुको साथै सामान खरिदमा बिषेश छुट दिइने भएको छ ।

बुद्वविशाल बजार ब्यापारिक एशोसियशनका अध्यक्ष केशवबहादुर खत्रीका अनुसार ग्राहकलाई उपहार भन्दा पनि गुणस्तरीय सामान बेच्ने उद्देश्य रहेको छ । साथै उहाँले सबै ग्राहकलाई हरेक सामान खरिदमा १०-२५ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको बताए ।

विश्व भरि माहामारीको रुपमा देखिएको कोरोना भाइरसको प्रकोपबाट सतर्क रहन एशोसिएशनले आफ्ना सदस्यलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले विशाल बजारको मुख्य गेटमा हात धुने , ज्वरो नाप्ने माक्स लगाउने र सेनेटाइजर लगाउने व्यवस्था गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button