पोखरेली युवाले कोरोना मार्न नेपाली १ लाख रुपैयाँ बराबरको डलर तताउँदा

पोखरा न्यूज । विश्वका मान्छे यति बेला कोरोना त्रासमा बाँचीरहेका छन् । चीनको उहानमा पहिलाेपटक सन् २०१९ को डिसेम्बर महिनामा देखा परेर विश्वभर फैलिएको कोरोनाबाट मान्छे त्रसित भएकैले घरमा थुनिए । जसको कारण विश्व अर्थतन्त्र खराब अवस्थामा पुगेको छ । मान्छेहरू कोरोनाको साथै आर्थिक तनावमा पनि छन् ।

त्रासको बिच कोभिड–१९ तरकारीबाट पनि सर्छ भन्ने हल्ला चल्यो । लकडाउनकै बिचमा बाहिरी जिल्लाबाट ठुलो परिमाणमा पोखरा ल्याइएका तरकारी पोखरा १२ का स्थानीयले आफै विज्ञ बनेर नष्ट गरेको समाचार पहिलो लकडाउनकै समयको हो ।

पछिल्लो समय  पैसाबाट कोरोना सर्छ भन्ने त्रास नेपालमा मात्र होइन विश्वका अरू देशमा पनि फैलियो  । यही हल्लाबाट मान्छे अझै पनि त्रसित छन् । कतिपएले पैसा सेनिटाइज गरेर मात्र लिन गरेका पनि छन् । यसै बिच अमेरिकाको न्युयोर्क सिटीमा बस्ने एक पोखरेली युवाले डलरबाट कोरोना सर्छ भन्ने त्रासमा ९ सय २० डलर नष्ट भएको फेसबुकमा राखेका छन् । भएछ के भने कोरोना मार्न माइक्रोओभनमा उनले डलर राखेछन् । डलर निश्चित समय तातो बनाएर झिक्ने उनको उद्देश्य थियो । तर पोखराका मनोज कुँवरले माइक्रोओभनमा राखेको ९ सय २० डलर बेलैमा नझिक्दा डढेर नष्ट भएछ ।

उनले फेसबुकमा लेखेमा छन् । जिन्दगीको मेरो ठुलो भुल । पैसाबाट कोरोना सर्छ भनेर माइक्रोओभनमा राखेर तताएको ९ सय २० अमेरिकी डलर जलेर खतम भयो । विश्वका अरू धेरै मुलुकमा पनि यस्तो घटना भएको समाचार आएका छन् । यस्तै दक्षिण कोरियाका मानिसहरूले पनि ओभन र वासिङ मेसिनमा पैसा राख्दा डढ्ने र च्यातिएर नष्ट भएको समाचार आएका छन् ।

पत्रकार कृष्णमणि बरालको व्लगबाट :  व्लग हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button