आजबाट अधिकमास शुरु

पोखरा न्यूज । मलमास वा अधिकमास आजबाट सुरु भएको छ । प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजबाट सुरु भएको हो ।

शुक्रबाट सुरु भएको मलमास आगामी असोज २० गते शुक्रबारसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ३६५ दिनलाई एक वर्ष मान्दा वर्षमा सौर र चन्द्रमास हुन्छन् । दुबैलाई समन्वय गर्न ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले बताउनुभयो । एउटा औँशिदेखि अर्को औँशिसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिन्छ । महिनामा दुई वटा सङ्क्रान्ति प¥यो भने क्षयमास भनिन्छ । क्षयमास भने कहिले कहिले मात्र हुने गरेको छ ।

क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ । मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुवात् गर्नु नहुने नियम रहेको प्रा.डा. भट्टराईले बताउनुभयो । मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृह निर्माण, गृहप्रवेश जस्ता कार्य गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button