नेपालमा एकैदिन २०२० जनामा कोरोना संक्रमण, ७ को मृत्यु

पोखरा न्यूज । नेपालमा शुक्रबार कोरोना भाइरसबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट ३ महिला र ४ जना पुरुषको मृत्यु भएको हो ।

काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८२ वर्षीय पुरुष र ललितपुरमा ६६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै मोरङमा ६६ वर्षका २ जना पुरुषको मृत्यु भएको छ । यस्तै नवलपरासी ६६ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।

आज नेपालमा २ हजार २० जनामा कोरोना पुष्टि भएको छ । ११ हजार ४ सय ५८ जनामा पीसीआर परीक्षण भएकोमा महिला ६ सय ३९ र १३ सय ८१ पुरुषमा संक्रमण देखिएको हो । आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ । संस्थागत आइसोलेसनमा आज देशभरी ९ हजार २ सय ९५ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन ।

देशभरी ८ हजार ८८ जना होम आइसोलेसनमा हरेका छन ।आज आइसियुमा १ सय ७३ र भेन्टिलेटरमा ३६ जना संक्रमित उपचाररत रहेका छन । आज ८ सय ७१ जना संक्रमति डिस्चार्ज भएका छन । आजसम्म ४३ हजार ८ सय २० जना संक्रमित निको भएर घर फर्किएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button