गण्डकी प्रदेश प्रमुखद्वारा संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना

पोखरा न्यूज । गण्डकी प्रदेशको प्रदेश प्रमुख अमिक शेरचनले संविधान दिवसको अवसरमा आम नागरिकलाई शुभकामना सन्देश दिनुभएको छ ।

श्ुाक्रवार शुभकामना सन्देश दिर्दै नेपालको इतिहासमा जननिर्वाचित संविधानसभाबाट विक्रम सम्वत् २०७२ साल असोज ३ गते पहिलोपटक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गरी जारी गरेर ऐतिहासिक उपलब्धि हासिल गरेका छन् ।

यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका गण्डकी प्रदेशबासी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्दै मानवअधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको छ । तीन तहका सरकारहरू सञ्चालनमा आएसँगै त्यस अनुरुप संरचनाहरू संस्थागत र सुदृढ हुँदै गएका छन् । संविधानले सुनिश्चित गरेको सामाजिक न्यायसहितको समतामूलक समाजको परिकल्पना बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा मुलुक अगाडि बढिरहेको छ ।

सात दशक अघिदेखिको जननिर्वाचित संविधानसभाबाट संविधान निर्माण गर्ने नेपाली जनताको चाहना पूरा भएको ऐतिहासिक दिन हो । यसका निम्ति जनयुद्ध, जनआन्दोलनलगायतका विभिन्न कालखण्डमा भएका नेपाली जनताको बलिदानीपूर्ण संघर्षहरूको उल्लेखनीय योगदान रहेको छ । आजको यस दिनले हामी सबैमा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय संकल्प हासिल गर्न मन, वचन र कर्मले समर्पित हुन थप प्रेरणा प्राप्त हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

यस अवसरमा जनतालाई राजनैतिक परिवर्तनको महसुस हुने गरी संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी कार्यान्वयनका लागि म सबैमा हार्दिक आह्वान गर्न चाहन्छु । साथै, कोभिड–१९ को संक्रमणबाट बच्न सजग र सतर्क रहन हार्दिक अनुरोध समेत गर्दछु ।

आज देशको आन्तरिक दुश्मन कमिसनतन्त्र र भ्रष्टाचार रहेको छ । एक जना ज्यान मार्ने व्यक्तिले आजीवन काराबासको सजायँ पाउँछ । भ्रष्टाचार र कमिसनतन्त्रले ३ करोड जनतालाई दैनिक रुपमा मारिरहेको हुन्छ । राष्ट्रिय समृद्धिको प्रमुख बाधक पनि भ्रष्टाचार र कमिसनतन्त्र बनेको छ । यसका विरुद्ध जुट्न हामी सबैले राष्ट्रिय संकल्प गरौं। सन्देशमा भनिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button