पोखराका थप १३ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा ५१ संक्रमित थपिए

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिवार बिहान पोखरा महानगरका १३ जना सहित गण्डकी प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएको जनाएको छ ।

निर्देशनालयले पोखरा महानगरका ७ वटा वडाका  १०  पुरुष तथा  ३  महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

त्यसै गरी निर्देशनालयले स्याङजा ५ की ५२ वर्षीया महिला, तनहुँ ब्यास ६ का ३३, ३९ र ६० वर्षीय पुरुष एवं नवलपुर देबचुलीका ७ वर्षीय बालकदेखि ६२ वर्ष उमेर समुहका १६ पुरुष तथा ५ वर्षीया बालिका देखि ८० वर्ष उमेर समूहका १८ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ४ सय २ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button