युवराज पुर्जाको डेब्यु गीत ‘बादललाई हेरेर’ सार्वजनिक

पोखरा । नवगायक युवराज पुर्जाको डेब्यु गीत ‘बादललाई हेरेर’ सार्वजनिक भएको छ । यो गीतमा आवाज सँगै रचना समेत पुर्जाले नै गर्नु भएको हो ।

यो मायाप्रेमसँग सम्बन्धित गीत हो । पोखरामा सुरु भएको सांगीतिक श्रृङ्खला बि.एस.रिदम ब्लाष्ट मार्फत गीत सार्वजनिक भएको हो । बि.एस. ईन्टरटेण्टमेन्ट पोखराले संचालन गरेको सांगीतिक श्रृङ्खला मार्फत पोखरामा रहेका स्थापित एवं नयाँ ब्यान्ड तथा गायकहरुका गीत सार्वजनिक भइरहेका छन् । सिजनको पहिलो श्रृङ्खलामा द ड्रिमर्ज व्याण्डको पहिलो गीत ‘नडराउ’ सार्वजनिक गरिएको थियो भने दोस्रो श्रृखलामा पुर्जाको गीत सार्वजनिक गरिएको हो ।

गायक पुर्जाले पहिलो गीत मार्फत दर्शक श्रोताको माया पाउने अपेक्षा गर्नु भएको छ । ‘सांगीतिक क्षेत्रमा निरन्तर अगाडि बढ्ने लक्ष्यका साथ गीत सार्वजनिक गर्न लागेको हुँ, आशा छ श्रोता दर्शकको माया पाउनेछु’ उहाँले भन्नुभयो । पुर्जाको अर्को गीत ‘जुन बाजे’ समेत तयार भएको छ । यो गीत असोज १७ गते सार्वजनिक गर्ने उहाँले बताउनुभयो । अहिले सोलो गायकको रुपमा अगाडि बढेपनि निकट भविष्यमा व्यान्ड सहित सांगीतिक यात्रा अगाडि बढाउने उहाँको तयारी छ ।

युवराज पुर्जा र द ड्रिमर्ज सहित आत्म सर्ग, अडियो फार्म, इनफ्लेम, निर्भिक, निष्कर्ष, ब्लाक सीप, वेभ, स्पर्श, विट्नेश, ब्लुमाइण्ड, ब्लाक रोज ब्यान्ड र सुजन पुर्जा, संगम पहाडी, सब्बु र प्रज्वल जोजिजूको प्रस्तुति यो कार्यक्रममा रहनेछ । यो कार्यक्रमले पोखराको सांगीतिक माहोललाई जगाउन सघाउने आयोजकले विश्वास गरेका छन् ।

नयाँ पुस्ताका श्रोता तथा दर्शकको सांगीतिक तृष्णा मेटाई नयाँ प्रतिभाहरुलाई अवसर प्रदान गर्न कार्यक्रम आयोजना गरिएको बि.एस.ईन्टरटेण्टमेन्ट पोखराका संचालक सन्जु सुनारले बताउनुभयो ।रिदम ब्लाष्ट पहिलो सिजन १७ श्रृङ्खलासम्म चल्ने अर्का सञ्चालक विष्णु गुरुङले जानकारी दिनुभयो । प्रत्येक शुक्रवार श्रृङ्खलाबद्ध रुपले गीतहरु सार्वजनिक गरिने उहाँको भनाई छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button