थप १२०४ जनामा कोरोना संक्रमण, संक्रमणकै कारण ११ जनाको मृत्यु

पोखरा न्यूज । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय नाघेके छ । शनिबार थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । आज मोरङमा ६५ वर्षीया रौतहटमा ५१ वर्षीया, सर्लाहीमा ५६ वर्षीया तथा ललितपुरमा ७६ र ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै काठमाडौंमा ७७ र मकवानपुरमा ३७ वर्षीया महिला गरी ७ जना महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरमा ६० वर्षीय, काठमाडौंमा ७५ वर्षीय, रुपन्देहीमा ६९ वर्षीय र बाँकेमा ४५ वर्षीय पुरुषगरी ४ जनाको मृत्यु भएको छ ।

आज देशभरी १ हजार २ सय ४ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषमा संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ ।संस्थागत आइसोलेनमा ९ हजार १ सय ५३ जना संक्रमित उपचाररत रहेका छन ।

यसैगरी देशभरी ७ हजार ९ सय ७६ संक्रमित होम आइसोलेसनमा रहेका छन । यस्तै आइसियुमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत रहेका छन ।आज १ हजार ४ सय ४७ संक्रमित निको भएर घर फर्किएका छन । देशभरी ४५ हजार २ सय ६७ संक्रमित निको भएर घर फर्किएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button